दिपक अभिमन्यू

गजल : इन्द्रधनुष झैं छिनभरको सौन्दर्य खोजेको हैन मैले

Hollywood Khabar June 10,2017 Comments

आफैङ्ग पराई भएझैं लाग्छ मन भाडिएझै लाग्छ
आजभोलि खै आफ्नै मनमुटुसँग टाढिएझैं लाग्छ
 इन्द्रधनुष झैं छिनभरको सौन्दर्य खोजेको हैन मैले
तिमीसितै जीवनका सारा खुशीहरु बाँडिए झैं लाग्छ
परेलीको ढोका नलाएसम्म यी आँखामा निंद आउदैन
सारा सपना तिमीसंगै अनि निंदसंगै छाडिएझैं लाग्छ
हजारौं खन्तीहरुले छाती खोस्रिए पनि भेटिन्न केहि
बेढङ्गले खोस्रिदा दिलको फूलबारी फाँडिए झैं लाग्छ
शरद र वसन्तको सौन्दर्य र खुशी देख्न चाहें जीवनमा
अनायासै आँसुमा रुझ्दै मनको खुसी ढाडिएझैं लाग्छ