दु:ख कष्ट पीडा हुदा साथ दिन पाए हुन्थ्यो ।
जीन्दगीको गोरेटोमा हात दिन पाए हुन्थ्यो ।।
समस्याको जालोबिच अन्धेरो त्यो मुहार सधैं ।
एउटा झलमल जुनेली रात दिन पाए हुन्थ्यो ।।
जिन्दगी नै उजेल्याउने झलमल घाम भाʼको ।
तिम्लाई एउटा त्यस्तो प्रभात दिन पाए हुन्थ्यो ।।
हिड्दा हिड्दै गोरेटोमा भेटेको छु तिमीलाई ।
लाग्छ सारा खुशीहरुको खात दिन पाए हुन्थ्यो ।।
जिवनदेखि निराश भाको देख्दाखेरि किनकिन?
जीन्दगीलाई यस्तो कुनै मात दिन पाए हुन्थ्यो ।।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...