-Shanta Sapkota Khanal

गजल:त्यो कति मीठो अनुपम उपहार थियो

Hollywood Khabar March 04,2021 Comments

-शान्ता सापकोटा खनाल, आरुघाट, गोरखा, मार्च ३, २०२१

तिमी थियौ अनि र पो परिवार थियो
परिवारभित्र सुन्दर संसार थियो ।

देखी सहन्न कोही हाम्रो सुखलाई
त्यो कति मीठो अनुपम उपहार थियो !

मन अमिलिन्छ, कुँडिन्छ भित्रैबाट
थिएन दुस्मनी सबै सदाचार थियो ।

पुगिन्थ्यो दु:खमा सबकहाँ आफ्नै सम्झी
मानवता त्यो विशुद्ध उपकार थियो।

थिएन कुभलो, कसैमाथि अनादर
मीठो व्यवहार समझदार थियो।