दिपक अभिमन्यू

गजल: शब्द शब्दहरुमा जीवन बुनेको हुन्छु

Hollywood Khabar May 13,2017 Comments

पहेलो भन्दैमा बहुमूल्य त्यो सुन हुदैन हजुर
चमचम आकाशमा चम्किदैमा त्यो जुन हुदैन हजुर
कोईलीको कुहु कुहु त धेरै सुनियो वसन्तमा
तिम्रो सुरिलो स्वर झैं संगीतको त्यो धुन हुदैन हजुर
गाउँघरको त्यो सुन्दर प्रकृतिको त्यो छटा सामु
सोह्रबर्षे वैंशको त्यो उन्मत्तता झन चानचुन हुदैन हजुर
गजलका शब्द शब्दहरुमा जीवन बुनेको हुन्छु मैले
तथापि यो जीवनप्रति कुनै गुनासो या गुनगुन हुदैन हजुर