गणेश प्रसाद पौडेल " बहुरुपी "

 गजल-गरिबले स्वास फेर्दा कानुन लाग्छ ।

Hollywood Khabar July 03,2019 Comments

हेर्न  हुँदैन हुन्न बा कानुन लाग्छ 
बन्द गर्नुहोस् आँखा कानुन लाग्छ ।
 
ठुला बडाहरुले जे गरे पनि हुन्छ 
गरिबले स्वास फेर्दा कानुन लाग्छ ।
 
कि त धन हुनुपर्यो कि पछाडि जन 
न बजाउनुस् थोत्रा गाला कानुन लाग्छ ।
 
मुख हेर्न मनै छैन अत्याचारीहरुको
जाउँ भने पनि टाढा कानुन लाग्छ ।
 
बन्दी बनाइएको छ अप्रत्यक्ष रुपमा 
बोल्न हुन्न बिरुद्धमा  कानुन लाग्छ ।