-ओलीका विश्वासपात्र गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

ओलीका विश्वासपात्र गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

Hollywood Khabar June 09,2021 Comments

वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमा विश्वासको मत पाएनन्।

जुन १०, २०२१ मा भएको गण्डकी प्रदेशसभा समक्ष विश्वासको मत मागेका मुख्यमन्त्री गुरुङले विश्वासको पाएनन्। अब उनको मुख्यमन्त्री पद गुमेको छ। ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा उनले मागेको विश्वासको मतको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो। त्यहाँ प्रतिनिधित्व कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २ र जनमोर्चाका २ सांसदले बिपक्षमा मत दिए भने जनमोर्चाका कृष्ण थापा र स्वतन्त्रका दीपक मनाङेले मत दिएनन्।

यससँगै त्यहाँ नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने बताइन्छ। संविधानको धारा १६८ को उपधारा १, २ र ३ अनुसार सरकार गठन प्रक्रिया पूरा भइसकेकाले अब सोहि धारा १६८ को उपधारा ५ अनुसार बहुमतको संख्या प्रमाणित गर्नसक्ने प्रदेश सभाका कुनैपनि सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नसक्ने प्रावधान छ।