-गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले जुन १८ शुक्रबार विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले जुन १८ शुक्रबार विश्वासको मत लिने

Hollywood Khabar June 15,2021 Comments

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जुन १८, २०२१ शुक्रबार प्रदेश संसदमा विश्वासको मत लिने भएका छन्। त्यसका लागि मुख्यमन्त्री पोख्रेलले प्रदेश संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन र स्वतन्त्र सांसद राजिव गुरुङ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। पोख्रेल नेपाली कांग्रेसका नेता पनि हुन्। शुक्रबारपछि मात्र उनले मन्त्रिमण्डलको पूर्णता दिने र कार्यविभाजन गर्ने भएका छन्।