गजल-सम्झिएर धड्किने धड्कन खेर गयो

Hollywood Khabar August 05,2017 Comments

गरेर के गर्नु संशोधन खेर गयो 
गोली जस्तै फुत्केको वचन खेर गयो ।
,,,
सम्हालेर कहाँ उ सम्हालिन जान्यो 
पोख्यो फुटपाथमा यौवन खेर गयो ।
,,,
सुन्दरताले पनि कपट गरेपछि 
यो मन खेर गयो यो तन खेर गयो ।
,,,
आएनौ जति पुकारे पनि मुटुभित्र 
सम्झिएर धड्किने धड्कन खेर गयो ।
,,, 
लुच्चि गरे पनि जितेपछि जित्यो जित्यो 
नगर बेकारमा खण्डन खेर गयो ।
- गणेश प्रसाद पौडेल "बहुरुपी" 
अर्जुन चौपारी गाउँ पालिका - ३ स्याङ्जा