- गौरिका सिंह

गौरिकाले ४ स्वर्ण जित्दै अर्को कीर्तिमान बनाइन् 

Hollywood Khabar December 08,2019 Comments

२३ मंसिर, काठमाडौं।नेपालकी पौडी खेलाडी गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा  ४ स्वर्ण जित्दै कीर्तिमान बनाएकी छन्।सोमबार १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै गौरिकाले  एउटै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी हुन् ।गौरिकाले सोमबार भारतीय खेलाडी शिवांगी  शर्मालाई हराउंदै १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।

शिवांगीले  भने ५८.१५ सेकेन्डमा पुरा गरेकी छन्  ।सागमा तेक्वान्दो खेलाडी दीपक विष्टले दीपकले चारवटा सागमा ४ स्वर्ण पदक जितेर सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकालेभने यौटै सागमा  ४ स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी हुन् ।१३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन् । नेपालले  १३ औं दक्षिण एसियाली खेलकुद सागमा ४९ वटा स्वर्ण पदक जितेको छ ।