Hollywoodkhabar advertisement

गौतम दाहालको लेख र चुक्ली हान्ने गुलेली

गौतम दाहाल

कृष्ण के सी

कुपोषण भएको बच्चाले खाना माग्दा, खाना पाउँदा, खाना नपाउँदा, कुरा गर्दा या जे गर्दा पनि रुन्छ। अनि नेपाली काँग्रेसका हिमायतीहरुमा पनि एकाखाले कुपोषण भएको छ। बिचारको र ब्यबहारको कुपोषण, ढोकैमा बसेका पाले जस्ता छन् कति त, रुन्छन च्याठिएर। दु:खी भएर होइन अरुलाई सराप्दै। 

अर्काथरी काँग्रेसीहरु छन्, उनीहरु भन्छन, कसैले पनि काँग्रेसको आलोचना गर्नै हुँदैन, काँग्रेसका नेताहरुको पुजा गर्नुपर्छ, कुनै आलोचना त कुरै छाडौं सुझाव पनि दिनुहुन् भन्छन। अनि तिनको उपस्थित हुनुपूर्व लुर्को लागेर नमन गर्न पुग्छन। लाग्नकै लागि भनेर गुटमा लाग्छन, अर्को गुटकालाइ सिध्याउन विपक्षको समेत साथ लिन्छन अनि जो जताको गुटको नेता आउँदा पनि सुटुक्क भेटेर फेरि पनि तेल लगाउन लागि पर्छन। यो मेरो लेखन होइन उनीहरुको चरित्र हो।   

म राम्रो लेख्ने मान्छे होइन, मेरो लेखन ठाडो र मिठास नभएको हुन्छ। मलाइ लेखनमा अत्तर छर्कन आउँदैन, मलाइ अकबरे खुर्सानीको धूलो मिसाउन मनपर्छ र तेसै गर्छु। गत फेब्रुअरी १५ मा मैले मेरो फेसबूक्मा एउटा स्ट्याटस लेखेको थिए। मेरो भनाइ थियो कुनै काम अरु जस्तै बनेर होइन वर्तमानमा सुहाउने गरि गर्न सकिन्छ भन्ने थियो। त्यो कुरा पुष्ठी गर्न मैले काँग्रेसका दुइ नेताहरु र पुर्व आतंकबादी माओबादी अध्यक्षको नाम उदाहरणको रुमपा दिएको थिए। पोस्ट गरेको तुरुन्तै कमेन्ट आयो एस्तो किन लेखेको। इबकसमा त कडै सुझाब आयो, काँग्रेस भएर काँग्रेसको यस्तो आलोचना गर्न ? मैले जवाफ दिएको थए कि लेखक, कलाकार, साहित्यकार, बैज्ञानिक जस्ता व्यक्ति भनेका कुनै पनि पार्टीका हुँदैन। लेख्ने कुरा मन भित्रबाट आउँछ, त्यो कसैको आदेशले काँग्रेस र अरु भनेर रोकिन्न, तिमीलाई मन पर्दैन भने नपढे हुन्छ।

लेख्नु कुनै राजनीति, आदेश र पक्षमा रहेर सधैं सम्भव हुँदैन। मनबाट आउने कुरा कहिले काही निस्कन्छ। कहिले कसैको पक्षमा त कहिले आफैलाइ पनि गाली गरेर बजाएर लेख्छन लेखकले। तर कतिपय लेखकहरुले जति आफुलाई गाली गर्छन तेती अरुलाई भनेका हुन्छन। आफैलाई तराजुमा नराखे सम्म लेखक खुल्दैन भनिन्छ।बिजय कुमार पाण्डेले तेसै गरेकोले खुसीले अर्थदियो। तसो नगरेकाले तेही समयमा बजारमा आएको पूर्व चिफसापको पुस्तकले अरुको त थाहा भएन मेरो भने मन छोएन।   

अब भने कुरा फेरौँ। एउटा बेजोडका अन्धाहरु छन् नेपाली काँग्रेसमा। देउबालाई कैलाली, कंचनपुर र डडेल्धुरा भए पुग्ने, पश्चिमकाले देउबाले आची गरेको पनि वाश्ना आयो भन्ने। शशांकले हल्लिए पनि उताकाहरु डराउने अनि तेताकाहरु कस्सिएर बोरोधमा लाग्ने। यो दुवै खराव प्रवृति असल भन्न मेरो पापी मनले पटक्कै दिंदैन। यसै प्रसङ्गमा अमेरिका बस्दै आउनु भएका पत्रकार तथा काँग्रेसी जन गौतम दाहालको एउटा लेख कान्तिपुरमा प्रकासित भएछ। सफा मनले भन्ने हो भने त्यो लेखनमा दाहालले गर्नुसम्म न्याय गरेको देखिन्छ। तर पनि एकाथरीलाई पचेनछ। बितन्नडै गर्न लागेछन टेक्सास र न्यूयोर्कतिरबाट

खासै भन्ने हो भने गौतम दाहाल र यो पंतिकार पटक्कै नमिल्ने दुइ व्यक्तिहरु हौँ। जहिले पनि खोलाका दुइ किनारा। दाहालसँग जम्मा दुइ पटक कुरा मिलेको थियो। एउटा खगेन्द्र क्षेत्रीलाई एनआरएनए अमेरिकाको अध्यक्ष बनाउन सहयोग गर्ने सवालमा र दोश्रो स्वयम दाहाललाई नेपाल अमेरिका पत्रकार संघको अध्यक्ष बनाउने सवालमा। म केशब पौडेल भन्ने उहाँ नागेन्द्र पौडेल भन्ने, म बिष्णु सुवेदी भनिरहँदा उहाँ आनन्द बिष्ट भन्ने अनि म भोला आचार्य भनिरहँदा उहाँ तारा बराल भन्ने। म शेष घले भन्थे उहाँ रतन झा भन्ने। होइन पर्न पनि सधैं नै फरक परेको हाम्रो मनको रोजाइ। यस्ता धेरै छन्।  

तर अन्तिमको समयमा आउँदा भने अर्को एउटा ऐतिहासिक कार्यका लागि हामी दुइजनाको कुरा मिलेको थियो। अमेरिकामा रहेका काँग्रेसीहरुलाई मिलाउने र जनसम्पर्क समितले गति लिने, संस्थालाई नीति-बिधि र कानुन सम्मत जिवित राख्ने सवालमा। हुन् त एउटा पाइपलाइनमा रहेको अर्को कुरामा पनि हाम्रो कुरा मिल्ने भएको छ। तेसको उजागर गर्ने बेला भएको छैन। व्यक्तिगत जिन्दगीमा म दाहालजीको आलोचक र प्रसंसक दुवै होइन।

अन्तमा कुरा गरौँ दाहालजीको कान्तिपुरमा प्रकासित लेखबाट। त्यो लेखमा गौतम दाहालजीले धेरै उदाहरण, धेरै सुझाव अनि केही झस्का पनि दिनुभएको छ। एउटा लेखकले गर्ने न्याय पुरा गर्नुभएको छ। पाठकहरुको दृष्टिमा त्यो लेख राम्रो, तसैले कान्तिपुरले स्थान दिएकोहोला। तर चुक्लीको गुलेलीमा फ़ट्याङ्ग्राको मट्याङ्ग्राले हजारौं माइल हान्दा केही पनि झरेनछ। आफ्नै बारीको तोरीको तेल लगाएको कुरा बडाबाबाट सुनुवाई नभए पछि त कोही कसैलाई निन्द्रा परेनछ। अनि  अचम्म गर्न लागे त्यो कुरा नौलो भएन। यो पटक चुक्ली हान्ने परंपरागत गुलेलीले काम गरेनछ, अनि घुंयेत्रोले छिर्की हान्न थालेछन। तर अघाएर बाटोमा बसेर उग्राउँदै गरेको साँढे जस्तै रहेका देउबाजीलाई तेस्तो चुक्लीले केको काम गर्नु र त्यो त  केवल बिरोधका लागि बिरोध र समर्थनको लागि भजन जस्तै भएछ।

अमेरिकामा रहेका काँग्रेसीहरुमा एउटा हर्रो भन्दा पनि टर्रो स्वाद छ, आपसी कलह गर्ने। त्यो गत एक दशक देखि छ उनीहरुकै निरन्तरताले होइन अब आउने अधिवेशनले सबै नयाँ विचार र नयाँ काँग्रेसीहरुले नेतृत्वको धावा बोले भने मात्र तेस्तोखाले प्रवृतिको अन्त हुनेछ। संस्थाप्रति सबैको आस्था र गौरब दुवै बढ्नेछ भन्ने मेरो बिशवास हो।

ADVERTISEMENT-----