दिपक अभिमन्यू

गजल जीउने चाहना उस्तै लहर पुरानो

Hollywood Khabar June 13,2019 Comments

पीउँदैछु कालकुट त्यो जहर पुरानो ।
जीउने चाहना उस्तै लहर पुरानो ।

 तिमी बदलियौ समय नि बदलियो,
फेरिएन उस्तै छ मेरो शहर पुरानो ।

मायामा भुल्दा पाएको त्यो पीडा, 
सम्झनामा सधैं किन रहर पुरानो ।

हाँसेर जीउनुको मजा छ अलग्गै ,
बिर्सेर अतितका ति प्रहर पुरानो ।