शारदा चौलागाईं

गीत बिर्सु भन्छु सम्झनामा किन आउछौ यसरी

Hollywood Khabar September 25,2018 Comments

तिमीले उपहास गर्यौ मायाको भ्रम छरी
मलाई रुने बनाएर मुस्कुराउनु सधैभरी
 
तिर्खाएर नहेर्नु तिमी किनारमा छैन लहर
माया नलागेको होइन बनिसके म खण्डहर
बिर्सु भन्छु सम्झनामा किन आउछौ यसरी
मलाई रुने बनाएर मुस्कुराउनु सधैभरी

भो नआउनु समीपमा बासनाको प्याला बोकी
पोखिएका छन् आँशु सक्दिन बाँच्न मुटु जोखी
बिना सर्त माया गर्न जानिनछु तिमीले जसरी
मलाई रुने बनाएर मुस्कुराउनु सधैभरी