-Ghanashyam Shrestha

लकडाउन, लकडाउन र फेरि लकडाउन !

Hollywood Khabar August 24,2020 Comments

घनश्याम श्रेष्ठ, काठमाण्डौ/८/२५/२०
 

कहिले सरकार ले त, कहिले, स्थानीय स्तर ले
फेरि पनि,
शुरु भै सकेका छन् कोरोना को नाउँ मा
लकडाउन अनि निषेधाज्ञा का श्रृंखला हरु !
आतंकित बनेको समाज पुरै,
ठप्प हुन थालेको छ जनजीबन सखरै !!

खै,
कहाँ पुगेर कैले समाधान हुने हो,
थाहा छैन कसैलाई !
सहि के हो अनि गलत के हो थाहै नपाई
फेरि पनि,
शुरु भै सकेको छ श्रृंखला हरु
लकडाउन, लकडाउन अनि फेरि पनि लकडाउन !!

कहिले कहिँ त प्रश्न उठ्छ आफै
हाम्रो सरकार र कथित विषेशज्ञहरुका नीतिहरुमाथि !
किनकी
अझै पनि कति अनुत्तरित छन् कोरोना सम्बन्धि प्रश्न हरु,
पैदा, कहाँबाट भयो अनि सर्छ कसरी ??

अड्कल मै अल्झिरहेका छन् सब अझै,
कसलाई के थाहा यसको रहस्य, गर्भ मै छ कि कतै !
कसैलाई,
अभिशाप त, कसैलाई, फलिफाप भएको छ यो लकडाउन !!

सरकारलाई स्वेच्छाचारी बन्न,
प्रशासन संयन्त्रलाई मनपरी गर्न !
अनि, सरकार बाट संरक्षित,
तस्कर, माफिया र कालोबजारीयाहरुलाई कालो धन थुपार्न
बरदान सावित भइरहेको छ यो लकडाउन !!

मूल्य वृद्धि ले आकाश छोई सक्यो,
श्रमजीवी हरु रुनु रोई सक्यो
तैपनि
हाम्रो सरकार चुपचाप छ मौन छ
हेर त मेडिकल माफियाहरु हिजो आज मोज गर्दैछन रे,
७ हजार पर्ने इन्जेक्सन ६० हजार मा बेच्दैछन रे !!

वाह रे ! लकडाउन गज्जब भा छ
सरकार, तस्कर, माफिया र कालोबजारीयाहरुलाई !
अलि अलि गर्दै घाँटी थिची थिचि
लुटी लुटी मार्दैछन मिलि सब जनजनलाई !!