-विधुत सर्ट भएर घरमा आगलागी हुँदा ४ घाइते

घरमा आगलागी हुँदा ४ घाइते, पैसा नहुँदा अस्पताल गएनन् ।

Hollywood Khabar November 17,2019 Comments

२,मंसिर,तनहुँ ।विधुत सर्ट भएर घरमा आगलागी हुँदा तनहुँमा एक्कै घरका ४ जना घाइते भएका छन्।आइतबार तनहुँको भानु नगरपालिका वडा नम्बर २ फुस्रेटारमा  बिजुली लाइन शर्ट भइ आगलागी हुँदा एकै परिवारका ४ जना घाइते भएका हुन् ।घरमा जडान गरिएको बिजुली शर्ट भएर आगलागी हुँदा ग्यास सिलिन्डरमापनि आगलागी भएको थियो ।

आगलागी बाट ३२बर्षीय  करन नेपाली,  श्रीमती २८बर्षीय बि माया नेपाली ,  १३ बर्षीय छोरी  बृटिशा नेपाली र  ११ बर्षीय छोरा बिपिन नेपाली  घाइते भएको आगलागी इलाका प्रहरी कार्यालय भानुले जनाएको छ ।आगलागीबाट घाइते आर्थिक समस्याका कारण उपचार गर्न गएका छैनन्।  आगलागीबाट बाट करिब २ लाख भन्दा बढीको क्षति भएको बताइएको छ ।