-Krishna KC

एनआरएनए रुपान्तरण:४, गिदी र बिधि कमको झुण्डले प्रकृया घातक

Hollywood Khabar December 08,2020 Comments

कृष्ण के सी, अमेरिका/१२/८/२०

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा रुपान्तरणका कुरा नियमित रुपमा उठाउने क्रममा आज ४ औं शृंखलामा गिदी र बिधि कमको झुण्डले संघका अध्यक्ष कुमार पन्तलाइ प्रकृयागत रुपमा जान नदिएर घातक र विवादित बनाएको कुरा उजागर गर्न चाहन्छु।

हुन त म आफू संघले चलाएको बिज्ञ सम्मलेनबाट आएको बिज्ञ परिन। एउटा छोटो कदको कदको मेरो खोटो दिमाग यहाँका सयौं बिज्ञहरुका अगाडी के नै पो काम लाग्ला र। तर पनि हरेक सँस्था, राज्य, कर्पोरेट सबैमा रुपान्तरण निरन्तर गरिने र गर्नुपर्ने कुरा हो। रुपान्तर नहुने चाहिं धार्मिक ग्रन्थ मात्र हुन्। तिनको पनि अन्य भाषामा र प्रस्तुतिका फरक तरिका अपनाएर लगिन्छ। जस्तोकि-स्तुति, स्तोत्र, गीत, नाटक, फिल्म, भिडियो, फोटो, पोष्टर इत्यादि।

हाल गैरआवासीय नेपाली संघमा धेरै चल्ने गरेको बिषय भनेको रुपान्तरण हो। यस बिषयमा मैले अघिल्ला पटक केहि विचार दिएको थिएँ। यो पटक चाहिं त्यसका ड्रब्याक के के हुन् भनेर अलिकति भन्नै पर्ने भएको छ। त्यसैले यसको शिर्षक नै गिदी र बिधि कमको झुण्डले अध्यक्षलाइ विवादित बनाएको ठहरलाइ टिपेको छु।

१. संघका वर्तमान अध्यक्ष कुमार पन्त सबै भन्दा सजिलै आम रुपमा भेट्न र आफ्ना कुरा राख्न सकिने सहज नेतामा पहिलो नम्बरमा पर्नुहुन्छ। यसैका कारण स्थानीय रुपमा पुग्न सक्ने हुनाले धेरै फाइदा पनि पुगेको छन। जबकी संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्षहरु देवमान हिराचन, जीवा लामीछाने, शेष घले र निवर्तमान अध्यक्ष भवन भट्टलाइ भेट्न अत्यन्तै गाह्रो मात्र होइन कतिपय अवस्थामा त असंभव पनि छ।

२. अध्यक्ष पन्तमा सजिलै बिषयलाई मानिदिने कमलो स्वभाव भैदियेकाले गर्दा नाफा र घाटा पनि उत्तिकै भएको छ। उसै पनि यो पटक उहाँका नजिक हुन पन पराउने र नजिक छु भन्नेहरु मध्ये केहि गिदी र बिधि कम भएका पनि छन्। संघलाई भन्दा जी हजुरी गरेर नियुक्ति पाएका, ढोका भन्दा झ्याल रोज्ने बिधिकम, संघलाइ नजिकबाट नबुझेका, विकल्प दिन नसक्ने, ठिक र बेठिक के हो सुझाउन नसक्ने दिमागमा कुपोषण भएका समौसाहरुले पनि उहाँका वरिपरि छन्। Smart People Confused Easy भन्ने सिद्धान्तलाइ मान्ने हो भने उनीहरुले अध्यक्ष पन्तलाई निर्दिष्ट भन्दा कन्फूज धेरै बनाएका छन्। त्यसैले बारंबार यो लेखकले उहाँलाइ आफ्नो घोषणा पत्र अनुसार जान सुझाएको छ। कहिले सरल रुपमा त कहिले कडा कडा शब्दमा।

३. हाल आएर तिनै गिदीकमहरुले दिएको कुरा मान्नाले बिधि-बिधानका प्रकृया पनि धरापमा पर्ने डर पैदा भएको छ। सामान्य प्रकृयालाइ पनि गोलमटोल पारेर लैजाने गर्नाले उहाँलाइ फाइदा भन्दा झन् विवादित बनाएका छन्। २०१९ मा संघमा प्रवेस गरेकालाइ बिधान बनाउने नाइके र आफैंलाइ इतिहासमा नै कालो झण्डा देखाउने अवस्था सृजना गराउनेलाइ भाइनाइके बनाउनाले पनि अध्यक्ष पन्त बढी विवादित हुनु भएको ठहर होइन प्रमाणले नै देखाएको छ। यो बन्द हुनुपर्छ, अन्यथा अरु घाटा हुन्छ अध्यक्षज्यू।

४. आइइएसमा आफ्नो बिषयलाइ आफैंले तयार गरेर राखी रहँदा, राय लिएर गएको अवस्थामा अध्यक्ष पन्तको कुनै पनि एजेण्डा फेल र विवादित भएको थाहा छैन। जब समौसा र पकौडाका कुरामा बिधि छोडेर जाँदा भने हरेक पटक विवादित बनाएको देखिएको छ। चाहे त्यो संघका नीतिगत कुरा हुन्, क्षेत्रीय बैठक हुन् या अरु धेरै कुरा नै हुन। एउटा मात्र उदाहरण दिन्छु, भारतमा पनि संघको गतिबिधि गर्न सल्लाह दिने काइते बुद्धि दिने अनि त्यसैलाइ मान्ने गर्नाले भोलि नेपालको संबिधान बिपरित गएकोमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयले अब्जेक्शन गर्दा जवाफ के दिने हो त्यो भने संघका अध्यक्ष कुमार पन्तज्यूलाइ थाहा छ कि छैन? यस्तो काइते सल्लाह दिने व्यक्तिको कुरा मान्नु जरुरी छ जस्तो मलाइ लाग्दैन। तपाइँ आफैंमा निर्वाचित र सफल व्यक्ति हो, यस्ता गिदी-बिधि कम भएका खुइतेहरुलाई पुजा गर्नु जरुरी छ र ?

५. अर्कोतिर, संघका प्रवक्ता चुप बसिदिने, मिडिया कमिटीलाइ बर्षदिन भन्दा धेरै भएर जाँदा पनि एउटा बैठक सम्म नगर्ने अवस्था छ। राजा भन्दा राज कुमारले उत्तेजक भएर तोडमोडको दलाली शास्त्रवाचन गर्नाले पनि अध्यक्ष र संघ दुबैलाई घाटा भएको छ अध्यक्ष महोदय।

६. कुनै पनि संस्थामा विचार र बिषयमा फरक मत र छलफलका लागि अगाडि आएका भएपनि सतहमा स्पेस पाएको खण्डमा कोहि पनि बिरोधी हुँदैनन। यो राजनीतक पार्टी जसरी होइन संघमा सबैका कुरा सुनेर, छलफल गरेर सबैभन्दा उत्तम चाहिँ विकल्प लिने हो भने घाटा कसैको हुन्न र हिरो अध्यक्षज्यू नै हुनुहुनेछ।

७. मेरो बानी भनेको दलाली र हातमल्ने खालको छैन। ठीक लागे प्रसंसा र बेठीक लागे सुझाव र विकल्प दिने पनि छ। त्यसैले, अध्यक्षज्यूले गिदी र बिधि कमलाइ धाप लगाउने होइन पाखा लगाएर निर्वाचित भएका आफ्नै टोलीलाई फुल स्विङ्गमा सकृय बनाउँदा बाँकी रहेको १० महिनामा अरु धेरै काम गर्न सकिन्छ। यो जिम्मेवारी र योजना पनि यहाँकै हो। हरेकलाई जिम्मेवार दिएर चलाउँदा नै सबैको लागि फाइदा देखिन्छ। यहाँका निर्वाचित टिमका केहि व्यक्ति भन्दा सिंगो टोली नै सकृय बनाउँदा के चाहिँ बिग्रेला र खै ?

८. यहाँका नजिक रहने मध्ये अन्धा र दिमागमा कुपोषण भएका पनि देखियो अध्यक्षज्यू। बिशेष महाधिवेशन होस् या बिशेष साधारण सभा होस्, त्यसका प्रतिनिधि भनेको अर्को नयाँ महाधिवेशन गर्नको लागि नयाँ छान्ने हो। अन्यथा पुराना नै हुन्छन भन्ने ज्ञान पनि नहुलेलाई सल्लाह लिंदा घाटा अध्यक्ष र संघ दुबैलाई छ। यदि म अध्यक्ष हुन्थें भने गिदी र बिधि कमलाइ हाइ-हेलो मात्र गर्थें, पुजारी र गुजारी कदापी बनाउन्न थिएँ।

९. अन्तमा, पजनी गजलले अनलाइनमा लिंक त बन्ला तर संघको रुपान्तरण गर्दैन। किनकि त्यसमा विचार, विकल्प, मन्थन छैन। बिधि र योजना स्मार्ट (SMART-Specific, Measaruable, Achievable, Ralistic and Timebound) छैन। अन्धाको हात्ती स्तुति, छालाको बाघ, मरेको बाख्राको छालाको ढ्यांग्रो, टिनको राजा र गोल्टिनको खाजा भजाउने मात्र छन्। बिचार गरियोस, समय अझै बाँकी छ, फुल स्विङ्गमा जाने हो भने अझै धेरै सुन्दर र कालजयी नतिजा दिन सकिन्छ। यहाँको टिमका सबैलाई इतिहासले संझंदैन केवल अध्यक्ष कुमार पन्तको पालामा भएको भन्ने मात्र संझने हो।

त्यसैले, आसन्न निर्वाचनलाइ हेरेर आफ्नो योजना र एजेण्डालाइ तिलाञ्जली दिंदै जाने हो भने इतिहासले यहाँलाइ नै असफल सावित गर्नेछ। यहाँ अध्यक्षज्यू नै गुण र दोष दुबैको भागिदार हो।

कृष्णार्पण !

संबन्धित सन्दर्भका अघिल्ला लेखनहरु:

गैरआवासीय नेपाली संघमा रुपान्तरण: ३, २१ सदस्य कार्यकारी सचिवालय

https://www.hollywoodkhabar.com/21members-ies-krishnakc

गैरआवासीय नेपाली संघमा रुपान्तरण: २, सह-प्रवक्ता र क्षेत्रीय संचार संयोजक

https://www.hollywoodkhabar.com/nrna-reformation-3kindmembership

गैरआवासीय नेपाली संघमा रुपान्तरण:१, तीन प्रकारका सदस्यता

https://www.hollywoodkhabar.com/nrna-reformation-3kindmembership

गैरआवासीय नेपाली संघ र गैरआवासीय नेपालीहरुको पुन:ब्याख्य गर्ने बेला भयो

https://www.hollywoodkhabar.com/nrna-pnos-krishnakc

गैरआवासीय नेपाली संघ:अध्यक्ष पन्तको ११ महिना र प्रतिज्ञा गरिएका २० कार्ययोजना सूची

https://www.hollywoodkhabar.com/nrna-kumarpant-11monthreport

गैरआवासीय नेपाली संघको सदस्यता, महाधिवेशन प्रतिनिधि र प्रतिवेदन मतदान:बिस्तृतमा

https://www.hollywoodkhabar.com/nrna-gadeligates-krishnaaug28

एनआरएनएको सदस्यता निशुल्क गर्ने १० कारण र निर्वाचन संबन्धि नयाँ नीति:अध्यक्ष पन्त

https://www.hollywoodkhabar.com/freemembership-kumarpant-15aug20

एनआरएनए महाधिवेशनका प्रतिनिधि संबन्धि नयाँ नीति ल्याइने: महासचिव डा शर्मा

https://www.hollywoodkhabar.com/nrna-deligets-newpolicty2020

एनआरएनए आइसीसीको ७४ औं बैठक सदस्यता, प्रतिनिधि र अनलाइन भोटिङ्बारे निर्णय गर्दै सम्पन्न

https://www.hollywoodkhabar.com/nrnaicc-74thmeeting-fremembership

एनआरएनएमा आधा दर्जन देशले धानिदिएको संघको च्यारिटी र त्यसैमा अल्झिएको संघ

https://www.hollywoodkhabar.com/nrna-chariti-fewcontries