-क्यालिफोर्नियाको ग्लास फायरमा

क्यालिफोर्नियाको ग्लास फायरमा केहि नेपालीहरुको ब्यबसाय पनि प्रभावित

Hollywood Khabar September 29,2020 Comments

सेप्टेम्बर २७, २०२० मा सुरु भएको क्यालिफोर्नियाको नापा क्षेत्रको ग्लास फायर अहिले आएर नियन्त्रण गर्न कठिन भएको कुरा बताइएको छ।

२७ सेप्टेम्बर दिनको करिव ३:५० बजे तिर सेन्ट हेलेना, हाइवे २९ को पूर्वतर्फ डेरपार्क क्षेत्रबाट सुरु भएको ग्लास फायर बिनासकारी हुँदै गएको छ। विश्व चर्चित नापा वाइनरी क्षेत्रको यो आगलागीले अरबौंको क्षेती गरेको छ। सुरुमा दुइवटा बाट सुरु भएको आगलागी फैलिंदै गएको बताइएको छ।

सेप्टेम्बर ३० मा एबिसी न्यूजले दिएको समाचार अनुसार सो क्षेत्रमा थुप्रै बस्ति उद्दार गरेर अन्यत्र लागिएको छ। अत्यन्तै गतिमा बढेको आगलागी नियन्त्रण गर्न नसक्दा घरपालुवा कुकुर, बाख्रा, बिराला, मुसा, चराहरु उत्तिकै बाहिर जान छाडिदिएका थिए। वाइनरी क्षेत्रमा भएको सो आगलागीले थुप्रै वाइनरी पनि नष्ट बनाएको छ।

ग्लास फायरले हाल सम्म ४२,३६० एकर भन्दा धेरै क्षेत्र ध्वस्त परेको छ। ११३ भन्दा धेरै स्टक्चर नष्ट भएका छन्। केहि हराई रहेका व्यक्ति सम्पर्कमा आएका छन् भने केहि व्यक्ति रेस्क्यू क्षेत्रमा प्रवेस गर्काले नियन्त्रणमा लिइएको कुरा सोनोमा काउण्टी प्रहरीले बताएको छ।

सेप्टेम्बर २९ मा सो क्षेत्रमा ब्यबसाय गर्ने व्यक्तिहरुसँग सम्पर्क गर्न खोज्दा धेरैजना सम्पर्कमा आउन सक्नु भएन। शान्ता रोजाका ब्यबसायी मनोज घिमिरेका सबै ब्यबसाय प्रभावित क्षेत्रको नजिक छन् तर बन्द गर्नु परेको छैन। त्यसैगरी फूड तथा पेयर पदार्थका ब्यबसायी नारायण सोम्नामेले आफ्नो एउटा रेष्टुराँ बन्द गरेको र अर्को पनि प्रभावित भएको बताएका छन्। स्मरणीय कुरा सोम्नामेको एउटा रेष्टुराँमा धनाड्य बिल गेट्सले एक पटक लन्च खाएका थिए। छिरिङ शेर्पा, दिनेश भट्टराई, नन्द ढुंगेल लगायत थुप्रै नेपालीहरु सो क्षेत्रमा ब्यबसाय गर्दै आएका छन्।