-Madhab Khatri

दक्षिण ललितपुरको वस्ती गोदावरी नगरपालिमा स्थानान्तरण आयोजनाको परिकल्पना

Hollywood Khabar June 17,2021 Comments

माधब खत्री, जुन १८, २०२१

दक्षिण ललितपुरको वस्ती गोदावरी नगरपालिकामा स्थानान्तरण गरि दक्षिण ललितपुरलाइ राष्ट्रिय निकुञ्ज बनाउँदा के हुन्छ भन्ने विषयमा फेरि एक पटक यसो घोत्लिन मन लाग्यो।

  • दक्षिण ललितपुरका ३ वटा गाउँपालिकाका जनप्रतिनिधिहरु; प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत वडा सदस्यहरुको कमी हुने छ र यसले प्रशाशनिक कर्मचारी र खर्चमा समेत कटौती हुने छ।
  • सडक, खानेपानी, विधुत, स्वास्थ्य, शिक्षा, कृषी लगायातका कर्मचारी र सरकारी बजेटमा कटौती हुन्छ।
  • गोदावरी नगरपालिका अन्तर्गतको करिब दश हजार रोपनी सरकारी जग्गा सँग दक्षिण ललितपुरको कम्तिमा एक लाख रोपनी व्यक्तिगत जग्गा सँग सट्टापट्टा गर्दा सरकारले नब्बे हजार रोपनी जग्गा आर्जन गर्छ। सरकारको लागि गोदावरी नगरपालिका र दक्षिण ललितपुरको जमिनको महत्वमा कुनै अन्तर हुँदैन अर्थात सरकारको लागि पुर्व मेची देखि पश्चिम महाकाली सम्मको जमिनको महत्व एकै हो। त्यसैले यसमा सरकारी वाधा/व्यवधान आउनु पर्ने कुनै कारण देखिदैन।
  • आफ्नो थाकथलो छाडेर गोदावरी नगरपालिकामा स्थानान्तरण हुनेको रोजगारी ग्यारेन्टी हुने हुँदा स्थानान्तरण पछि कसरी हातमुख जोड्ने भन्ने समस्या हुँदैन। रोजगारीको ग्यारेन्टी गरेरे विस्तारै देशैभरको दुर्गम वस्तीहरुलाई उचित स्थानमा स्थानान्तरण गर्दै जानको लागि यो एउटा नमुना आयोजना पनि हुन सक्छ।
  • गोदावरीको पुरानो मार्वल फ्याक्ट्रीदेखी टिकाभैरव स्थित लेप्रोसी मिसन हस्पिटल माथिको डाँडोमा वस्ती स्थानान्तरण गर्दा कटानी हुने रुखको १० गुणा बढी रुखहरु दक्षिण ललितपुरको हाल खेतिपाती गरिरहेको पाखो वारीहरुमा हुर्काए पछि मात्र वस्ती स्थानान्तरणको लागि रुख कटानी सुरु गर्न सकिन्छ।
  • यो आयोजनालाइ गोदावरी नगरवासीले पनि विरोध गर्नु पर्ने कुनै कारण देखिँदैन किनकी हेटौंडा- काठमाडौँ वहुआयामिक केवल कार आयोजनाको शेर र रोजगारीमा पहिलो प्राथमिकता गोदावरी नगरवासीलाइ दिईने छ भने यस आयोजना अन्तर्गत गोदावरी स्टेसनमा संचालन हुने मेडिकल कलेजमा यस नगरपालिकाका २५% विद्यार्थीहरुलाई पूर्णक्षात्रवृतिमा अध्यन गराइने छ। साथै यो आयोजनाले गोदावरी नगरपालिका भित्र अन्य व्यवसायहरुलाइ पनि सहयोग गर्नुको साथै यस क्षत्रको घरजागाको मूल्य पनि बढ्ने छ।
  • सबै भन्दा ठुलो फाइदा यस क्षत्रमा राजनीति गर्ने नेता ज्यूहरुलाई चुनावमा भोट माग्न जाँदा घरदैलो गर्न धेरै सहज हुने छ र यसले समयको पनि धेरै वचत हुने छ।
  • अहिले दक्षिण ललितपुरमा बिकासको नाममा हरेक भिरमा रहेका घर घरमा बाटो बन्दै छ र विकासको रफ्तार सँगै दक्षिण ललितपुरको वस्ती काँठ क्षत्रमा बसाईंसराइ गर्ने रफ्तारमा कुनै कमि आएको छैन। बसाईंसराइको यही रफ्तार कायम रहने हो भने अबको केहि दशकमा दक्षिण ललितपुर त्यसै पनि खाली हुने देखिन्छ भने अहिले विकासको नाममा पहरो फोरेर बनाइएका बाटा घाटा लगायतका विकासको कुनै अर्थ देखिँदैन र अहिलेको समग्र विकास खर्च वालुवामा पानी खनाए सरह हुने छ।
  • दक्षिण ललितपुरलाइ राष्ट्रिय निकुञ्ज बनाउँदा हरियाली बढ्ने, जंगली जनावर, पशुपंक्षीहरुको संख्या बढ्ने, प्राकृतिक जलश्रोतको संरक्षण हुने साथै समग्रमा वातावरणमा अनुकुल प्राभाव पार्ने छ।

यसका सकारात्मक र नकारात्मक पाटाहरु अरु पनि धेरै हुन सक्छन। तरपनि अनावश्यक चाहिं होइन भन्ने मोरो विश्वास छ। यससँग सम्बन्धित सबैको सल्लाह सुझावहरुलाई सकारात्मक रुपमा ग्रहण गर्दै अभियानलाइ अघि बढाउँदै लैजाने मेरो सोच हो।

लेखकका अन्य लेखहरु:

कोभिड-१९ को महामारीमा जन्मिएको गोदावारी-हेटौंडा वहुआयामिक केवलकार आयोजना

जीवन सहज हुन्छ भने सिक्किमीकरण, भुटानिकरण, फिजीकरण जे भएपनि वालै फरर

दिल्लीमा पानी पर्दा नेपालमा छाता ओढ्ने नेपाली राजनीतिको कोरोनारुपी च्याँखे दाउ