सन्तोष दाहाल/ललितपुर/६/२४/२०
गोदावरी नगरपालिकाको आगामी आव २०७७/०७८ को कुल बजेट १ अर्व ६८ करोड ६५ लाख २२ हजार हुने अनुमान गरेको छ ।
बुधबार नगरपालिकाको सातौं नगरसभामा उक्त बजेट प्रस्तुत गरिएको थियो। कुल बजेटमध्ये आन्तरिक राजश्वतर्फ १६ करोड, संघीय सरकार समानीकरण अनुदान तर्फ २० करोड २८ लाख, संघीय सरकार राजश्व बाँडफाँड तर्फ १० करोड ९६ लाख ५७ हजार २ सय ९०,प्रदेश सरकार समानीकरण अनुदान तर्फ १ करोड १२ लाख, प्रदेश सरकार राजश्व बाँडफाड तर्फ ४ करोड १२ लाख ५० हजार, मालपोत राजश्व बाँडफाडवाट २० करोड ६ लाख ४२ हजार ७ सय १०, शर्शततर्फ ६० करोड २९ लाख ७२ हजार, चालु आवको अल्या ३५ करोड रहेको गरी कुल एक अर्व ६८ करोड ६५ लाख २२ हजारको आय अनुमान गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताए ।
यसै गरी नगरपालिकाको चालुतर्फ रु.९५ करोड २९ लाख ७२ हजार र विकास निर्माणलाई गति दिन पूँजीगत नगरस्तरीय योजनातर्फ ३९ करोड ३५ लाख ५० हजार तथा वडास्तरीय योजनातर्फ १४ करोड र चालु आवको साविक योजनाका लागि २० करोड गरी कुल एक अर्व ६८ करोड ६५ लाख २२ हजारको व्यय रहेको छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...