-प्रदेश सांसद वैद्यलाइ शब्द फिर्ता लिएर आत्मालोचना गर्न नेकां प्रवक्ता शर्माको आग्रह

प्रदेश सांसद वैद्यलाइ शब्द फिर्ता लिएर आत्मालोचना गर्न नेकां प्रवक्ता शर्माको आग्रह

Hollywood Khabar June 11,2021 Comments

नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले बाग्मती प्रदेशसभामा दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै विवादमा परेपछि नेपाली कांग्रेस पवक्ता विश्व प्रकाश शर्माले उनलाई शब्द फिर्ता लिएर आत्मालोचना गर्न आग्रह गरेका छन्।

सांसद वैद्यले जुन ११, २०२१ शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यत्तिकै छोड्नु नहुने कोहि नाथुराम गोड्से आवश्यक परेको बताएका थिए। ओलीले सत्ता बचाउनका लागि जे कुरामा पनि सम्झौता गरिराखेको छ। खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है। त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि। कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि?

उनको यो अभिव्यक्तिपछि एमाले बित्तले आपत्ति जनाएका छन्। यसैबीच नेपाली काँग्रेस पार्टीका प्रवक्ता विश्व प्रकाश सहरमाले शब्द फिर्ता लिएर आत्मालोचना गर्न आग्रह गरेका छन्। सडकमा पनि राख्नु पर्ने संयम संसदमा गुमाउन पाइन्न। आवेगको बोलि र ब्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुनु हुन्न। शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ। तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन। अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन।