२६कार्तिक,काठमाडौं ।डडेल्धुरामा १७ औं अनशन सुरु गरेका प्रा. डा. गोविन्द केसीलेअनसन स्थगित गरेका छन् ।प्रा. डा. केसीले देशमा सीमा विवादको मुद्दा चलेको भन्दै अनशन स्थगित गरेको जानकारी दिए ।प्रा. डा. केसीले सातबुँदे माग राख्दै कात्तिक १७ गते डडेल्धुरामा १७ औं अनशन सुरुगरेका थिए भने अनसनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जिल्ला अस्पताल भर्ना गरिएको छ ।
उनलाई लिन सोमबार नै नेपाली सेनाको हेलिकप्टर डेडल्धुरा पुगेको थियो भने शिक्षामन्त्री गिरिरराजमणी पोखरेलले देश कालापानी क्षेत्रको सीमा विवादमा होमिएको बेला अनशन बस्न उपयुक्त नभएको भन्दै स्थगित गर्न आग्रह गरेका थिए ।केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा ‘नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कूटनीतिक माध्यमबाट मिचिएको भुमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं ’ भनिएको छ।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता