https://www.youtube.com/embed/PbKpL3rBAgc

गुल्मेली ठाडो भाकाको भिडियो सार्वजनिक

Hollywood Khabar March 07,2017 Comments

गुल्मेली ठाडो (वितालु) भाकाको को भिडियो सार्वजनिक भएको छ। अत्यन्तै मौलिक गित गुल्मी र त्यसको आशपासमा गाइने ठाडो भाका जसलाई गुल्मेली ठाडो भाका पनि भनिन्छ। 

विशेष त बेल्जियममा बसेर पनि गित संगीतलाई निरन्तरता दिँदै आउनु भएका अग्रज तथा बरिष्ठ गायक बलराम पुनको शब्द र लय रहेको यो ठाडो भाकामा स्वर बलराम पुन र देबि घर्तिको रहेको छ। जसमा यम गुरुङ्गको निर्देशन रहेको छ। 

गीतमा डोलराज बारघरे मगर र निर्मला मगरको अभिनय तथा नृत्य रहेको छ भने खेम राना मगरको कमेडी रहेको छ। गितको माघे सक्रान्तिकै दिन खुल्ला मन्चमा सूटिङ्ग गरिएको र गितमा नाम लिईएका सबै ठाँउहरु पनि देखाईएको छ।