https://www.youtube.com/embed/z9Mz55qPhhA

-मायाँ त यहि होनी, ज्ञानको गीतमा बुद्धि र निरान्जलीको मस्ती

मायाँ त यहि होनी, ज्ञानको गीतमा बुद्धि र निरान्जलीको मस्ती

Hollywood Khabar October 24,2020 Comments

सबिन घिसिङ, काठमाण्डौ

मायाँ त यहि होनी बोलको म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ । गायक तथा संगीतकार ज्ञान घिसिङ र निर्मला घिसिङको सुमधुर आवाजमा रेकर्ड भएको गीतको शब्द रचना र संगीत गायक घिसिङको आफ्नै रहेको छ भने टेकेन्द्र याक्शोको कलात्मक संगीत संयोजनले गीत मिठासपूर्ण बनेको छ।

भिने भिमफेदीको नृत्य निर्देशन,पवन सुश्लिङको छायांकन र सम्पादनमा भिडियोलाई मिथुन लामा र बिशान दोङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । निर्जरा घिसिङ, नान्सी घिसिङ र सुकु घिसिङको संयुक्त लगानीमा बनेको यस म्युजिक भिडियोमा

बहु चर्चित कलाकार बुद्धि तामाङ, निरान्जली लामा, इरान्जली लामा र कुन्साङ तामाङ बीचको ठट्यौली तर प्रेमील भावमा उत्कृष्ट अभिनय देख्न पाइन्छ। लोक आधुनिक धारको यस म्युजिक भिडियोमा शब्द अनुसारको संगीत , गीत अनुसारको पात्र र परिवेश चयनका साथै अनुभवी प्राबिधिक तथा कलाकारहरुहरुको समिश्रण रहेकोले समग्रमा यो सिर्जना राम्रो बनेको छ। बाल्यकाल देखिनै संगीतमा चासो राख्ने गायक तथा संगीतकार घिसिङ यस गीत सार्वजनिक भए लगतै सबैको बधाई तथा प्रशंसा बटुली रहेका छन् ।हाल अमेरिका रहेपनी उनले संगीत सिर्जनामा निरन्तरता दिइरहेका छन् । उनको यस अघिका सितल चौतारी,गोरो गोरो, जुन तारा लगायतका गीतहरु बजारमा लोकप्रिय बनिसकेका छन् ।