https://www.youtube.com/embed/W4J0uZhGxZo

ज्ञानेन्द्र-कोपिला प्रेम : मार्ला बुढोले, स्मृति गुरआमाको निर्देशन

Hollywood Khabar August 12,2018 Comments

महेन्द्र मुस्कान क्षेत्री/नयाँ दिल्ली/भारत
नेपाली चार्ड तीज नजिकिदै गर्दा कलाकारहरुका तीजे गीत पनि बजारमा आउने क्रम निकै तिव्र गतिका भएका छन्। यसै भिडमा त्रिआत्मा म्यूजिक प्रा.लीको पस्तुतीमा ज्ञानेन्द्र अबिरल क्षेत्रीको प्रस्तुति रहेको नयाँ तीज गीत थाहा पाएसी मार्ला बुढोले कमेडि कमेडी खाले गीत सार्वजनिक भएको छ।

गीतको सान्दर्भ तीजको भए पनि फटाफट गीत लेखनमा आएका शबदकार नरेश बोहोराले परदेशी भूमिमा श्रीमानले मेहनत गरेर कमाउने अनि नेपालमा बुढीले उडाउने अन्तै रमाउने जस्ता शब्दहरु दिएका छन। यसलाई परदेसी भूमीमै रहेका गायक प्रेम सापकोटा सोनुले लय सिर्जना गरेका छन।

ज्ञानेन्द्र अबिरल क्षेत्री र कोपिला रनपालको सुमधुर स्वरमा तयार यो गीतको म्युजिक भिडियो स्मृति तिमिल्सिना (गुरुआमा) ले निर्देशन गरेकी हुन्। भिडियोमा टीका जैसी र बल्छि धुर्बेको उत्कृष्ट अभिनय पनि रहेको छ। तिजे भाकामा, सुरेश श्रेष्ठले छायांकन र प्रकाश धमलाले सम्पादन गरेका छन।