-सांकेतिक तस्विर

एलपी ग्यास र हवाई इन्धनको मूल्य घट्यो

Hollywood Khabar September 19,2019 Comments

 ३असोज,काठमाडौं।नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ।निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर २५ घटाएको हो।निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको छ भने ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ३५० कायम भएको जानकारी दिए।