-बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद भेटघाटमा ब्यस्त

बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद भेटघाटमा ब्यस्त

Hollywood Khabar November 11,2019 Comments

२७ कात्तिक,काठमाडौं।नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद भेटघाटमा ब्यस्त रहेका छन्। नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड हमिदलाई भेट्न राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा पुगेका थिए ।तेस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पनि हमिदलाई भेटेका थिए ।

आजै  २ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदलाई भेट्ने कार्यक्रम छ भने दिउँसो २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले र सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रपति   हमिदसंग भेट गर्ने कार्यक्रम रहेको छ ।आजै राष्ट्रपति हमिद समकक्षी विद्या भण्डारीलाई भेट्न शितलनिवास जाने कार्यक्रम छ।हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा साँझ साढे ६ बजे रात्रिभोज आयोजना गरेकी छन् ।