-Navaraj Sanjel

गजल:निर्वाचन मात्र हुन्छन् यहाँ हाम्रा भरले

Hollywood Khabar May 18,2021 Comments

-नवराज सञ्जेल, ललितपुर, वाग्मती-५, कार्यक्रम प्रमुख रेडियो पर्यावरण, मे १९, २०२१

 

म हिजो बाहिर थिएँ कम्पनको डरले

न आज बाहिर छु यो कोरोना कहरले

 

वल्लो छेउ पल्लो भित्तो बनायो जिन्दगी

रात र दिन आफैं चल्छ हुन्न रहरले

 

जमिन हल्लिँदा होस् या भाइरस सल्किँदा

संकट उस्तै हटेन त एक प्रहरले

 

जेट विमान रोकिए गुड्ने हिंड्ने थुनिए

लस्करै लागे गाउँघर धानेन सहरले

 

होशियारी गरौं मानव चोला जोगाउन

निर्वाचन मात्र हुन्छन् यहाँ हाम्रा भरले