तस्बिर साभार वेब

हङकङमाथि नेपालले ४ विकेटको रोमाञ्चक जित

Hollywood Khabar October 05,2019 Comments

२० असोज काठमाण्डौं।ओमानमा भइरहेको पेन्टागुलर टी–२० सिरिजमा हङकङमाथि नेपालले ४ विकेटको रोमाञ्चक जित निकालेको छ।टस जितेर पहिले फिल्डिङ गरेको नेपाललाई हङकङले १२६ रनको विजय लक्ष्य दिएको थियो।नेपालले १९ औँ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

सुरुवाती ब्याटिङ धर्मराएको नेपालको इनिङ विनोद भण्डारी र आरिफ शेखले सम्हालेका थिए।नेपाललाई जित दिलाउनका लागि विनोदले नटआउट अर्धशतक बनाए।उनले ४८ बलमा ३ छक्का र ४ चौकाको मद्दतमा ५८ रन जोडे।त्यस्तै आरिफ शेखले २४ बलमा २१ रन बनाए। नेपालले कप्तान पारस खड्कालाई पहिलो बलमै गुमाउन पुग्यो।अर्का ओपनर पवन सर्राफ पनि १० बलमा १० रन बनाएर आउट भए। त्यसपछि क्रिजमा आएका दिपेन्द्रसिंह ऐरी पनि ६ रनमै एलबीडब्लु धरापमा परे।पाँचौँ नम्बरमा आएका रोहित कुमार पौडेल ६।२ ओभरमा क्याच आउट भए।

नेपालका लागि सोमपाल कामीले १३ बलमा १३ रन जोडे।जारी सिरिजमा नेपालसहित नेदरल्यान्ड, हङकङ, आयरल्यान्ड र आयोजक ओमान सहभागी छन्।नेपालले अब सोमबार नेदरल्यान्डसँग, बुधबार आयरल्यान्ड र बिहीबार ओमानसँग खेल्नेछ।