साङ्केतिक तस्बिर:साभार वेब

हरिबोधिनी एकादशीमा तुलसी विवाहका लागि पुरोहितको अभाव

Hollywood Khabar November 06,2019 Comments

२२ कार्तिक काठमाडौं।आज हरिबोधिनी एकादशी‚आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरुपी शैयामा शयन गरेर भगवान् श्रीहरि जागा भएको दिन।यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि (विष्णु) को विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ।विधिविधान र पूजापाठ गरी व्रत बसेर तुलसीको विवाह गर्ने आजको दिनमा म्याग्दीमा भने पुरोहितको अभावमा तुलसीको विवाह गर्न व्रत बस्ने महिलाहरू अन्योलमा परेका छन्।कर्मकाण्ड गर्ने ब्राह्मण(पुरोहित)हरूको अभाव हुँदै गएपछि अन्य धार्मिक कार्यहरूजस्तै तुलसीको विवाह गर्न पनि समस्या भएको बेनी नगरपालिका–२ की भीमकुमारी घिमिरेले बताए।

विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहुँदा योग्य पुरोहितको अभावमा म्याग्दी जिल्लामा कर्मकाण्ड र पूजापाठ प्रभावित हुँदै गएका छन्। ब्राह्मणकै अभावमा जन्म, चुडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीयवासी चिन्तित हुन थालेका छन्।संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणहरूले पनि संस्कृत पढन् छाडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित ब्राह्मणहरूको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन्।