हात्तीको आक्रमणबाट माउतेको मृत्यु

Hollywood Khabar August 29,2018 Comments

१४ भदौ, चितवन।हात्तीको आक्रमणबाट माउतेको मृत्यु भएको छ।चितवन राष्ट्रिय निकुञ्जले पालेको हात्ती लिएर चराउन जाने क्रममा हात्तीले आक्रमण गर्दा सुनसरीका २७ वर्षीय माउते बुहरीलाल सरदारको मृत्यु भएको हो ।मोतीप्रसाद (ख) नाम गरेको भाले हात्तीले रिसाएर आक्रमण गर्दा सरदारको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत नुरेंद्र अर्यालले जानकारी दिए।मृतक सरदार भादैं ६ गते मात्रै निकुञ्जको माउतेमा करार नियुक्त भएका थिए ।ज्यान गुमाउने सरदारसहित तीन जना हात्ती चराउन र घाँस काट्न गएका थिए ।अन्य एकजना कर्मचारी रुखमा झुण्डिएर बाँच्न सफल भएको सूचना अधिकारी अर्यालले बताए ।