साङ्केतिक तस्बिर:साभार वेब

हत्या भएको १५ दिनपछि सेप्टिनक ट्यांकीमा भेटियो शव∶सेनाका हवल्दार पक्राउ

Hollywood Khabar September 20,2019 Comments

४ असोज परासी।नवलपरासीमा स्कुलको सेप्टिनक ट्यांकमा एक व्यक्तिको शव सडेको अवस्थामा फेला परेको छ।रामग्राम नगरपालिका–३ घोडपाली बस्ने ४१ वर्षिय रवीन्द्र पाण्डेको शव उनी बेपत्ता भएको १५ दिनपछि भेटिएको हो। 

पाण्डेको खोजीमा रहेको प्रहरीले शंका लागेर हरि सुशील प्राविको सेप्टि क ट्यांकमा हेर्दा सडेको अवस्थामा भेटिएको हो। पाण्डेका परिवारले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा निवदेन दिएका थिए।हत्या भएको १५ दिनपछि उनको शव घर नजिकै रहेको हरि सुशील प्राविको सेप्टि क ट्यांकीमा शनिबार भेटिएको प्रहरीले जनाएको छ। 

पाण्डेको हत्या आरोपमा नेपाली सेनाका हवल्दार पक्राउ परेका छन्।कालीध्वज गण परासीमा कार्यरत बम बहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घर्ती र मृतक पाण्डेकी श्रीमतीको मिलेमतोमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

प्युठान घर भएका घर्तीलाई रामग्राम नगरपालिका–३ घोडपाली बस्ने ४१ वर्षिय ‘तारा’भनिने रवीन्द्र पाण्डेको हत्या आरोपमा नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए।कालीध्वज गण परासीबाट उनलाई शुक्रबार साँझ पक्राउ गरिएको उनले बताए। 

मृतक पाण्डेलाई निजकै श्रीमती ३५ वर्षीया सरस्वती पोखरेल (पाण्डे) र घर्ती मिलेर हत्या गरेको आरोप छ। प्रहरीले मृतक पाण्डेकी श्रीमती सरस्वतीलाई तीन दिन अघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ।बयानका क्रममा घर्तीको पनि संलग्नता रहेको खुलेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक आचार्यले बताए।घर्ती र सरस्वतीबीच केही महिनादेखि अनैतिक सम्बन्ध रहेको बयानका क्रममा खुलेको छ।मृतक पाण्डेले घर्ती र श्रीमतीलाई रातको समयमा आफ्नै घरभित्रै बसेको देखेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ। 

घटना बाहिर आउन नदिन दुवै जनाले कुटपिट गरी हत्या गरेको बयानमा खुलेको प्रहरीले जनाएको छ। नियन्त्रणमा रहेका दुवै जनामाथि थप अनुसन्धानपछि कारबाही प्रकृया अघि बढाइने प्रहरी उपरीक्षक आचार्यले बताए।