साङ्केतिक तस्बिर:साभार वेब

हत्या गरेर फरार व्यक्ति १८ वर्षपछि पक्राउ

Hollywood Khabar September 09,2019 Comments

२४ भाद्र काठमाण्डौं।थप्पड हानेको निहुँमा साथीको हत्या गर्ने व्यक्ति १८ वर्षपछि पक्राउ परेका छन्।सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ का ३८ वर्षीय भीमसेन भण्डारीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। 

७ साउन ०५८ मा उनले कोटेश्वर महादेवस्थानमा अशोक राईको हत्या गरेका थिए।हत्यापछि उनी काठमाडौं उपत्यकामै बस्दै आएका थिए । तर, उनी पक्राउ परेका थिएनन् । सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो । 

अभियुक्त पक्राउ नपर्दा सो मुद्दा १८ वर्षदेखि महानगरीय प्रहरी वृत्त बानेश्वरमा असफल अनुसन्धानको सूचीमा थियो । १८ वर्षपछि फेरि सो फाइल खुलेको छ । फरार रहेका भण्डारी पछिल्लो समय भक्तपुरमा सहचालकका रूपमा काम गर्दै आएको सिआइबीका प्रवक्ता एसपी दीपक रेग्मीले बताए । 

मादक पदार्थ सेवन गर्ने क्रममा विवाद भएपछि भण्डारीले राईको हत्या गरेका थिए । विवादकै क्रममा भण्डारीमाथि राईले गालामा थप्पड हनेपछि प्रतिशोधमा राईले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । महादेवस्थानमा निर्माणाधीन घरको सामान कुर्न बसेका वेला हत्या भएको थियो । पक्राउपछि बानेश्वर वृत्तले उनीमाथि अनुसन्धान अघि बढाएको छ ।