१९ चैत्र काठमाडौं।मेडिकल सामाग्री खरिद प्रकरणसँगै विवादमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।बजार दरभन्दा महँगो पर्नेगरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दावीसहित विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्।
पौड्यालले आयोगको वेवसाइटमार्फत उजुरी दिएको बताएका छन्।उनको उजुरीमा तीन महिना अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको खुलाएको टेन्डर रद्द गरेको, कोरोनाको त्रासमा देश फसेको बेला मेडिकल सामान खरिद गर्न आफू निकट व्यापारीलाई सेटिङ मिलाएको, मेडिकल सामग्री खरिदको अनुभव नै नभएका कम्पनीलाई ३ घण्टा मै सेटिङ मिलाएको विषय उल्लेख गरिएको छ।
उजुरीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोषी देखाइएको छ।प्रधानमन्त्री ओलीले समेत अख्तियारको छानबिनलाई प्रभावित पर्नेगरी स्वास्थ्यमन्त्रीको बजाउमा अभिव्यक्ति दिएको उल्लेख छ।खरिद प्रकरणबारे यसअघि विभिन्न सञ्चार माध्यममा अनियमितता बारे समाचार प्रकाशित भएको. थियो ।
सिफारिस
व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...