तपाइको हाइट र वेट मिलेको छ ? चार्ट सहितको चर्चा गरौ

Hollywood Khabar September 22,2018 Comments

कृष्ण के सी/अमेरिका
आजकल विश्वभरि नै मानिसहरु हेल्थ कन्सेस हुन थालेका छन्। उसो त क्यान्सर लाग्ने थाहा हुँदाहुँदै पनि धुम्रपान गर्नेको बजार उत्तीकै छ। जौ मदिरा र अंगुर अनि पेस्ता-स्पिरिट आदिको मदिराको त कुरै नगरौँ। क्या स्वादीला छौ हामी, क्या दिएको छ दुनियाँले। २०१६ को एक रिपोर्ट अनुसार बिश्वमा सबै भन्दा धेरै टकिलाको कन्जम्शन रेट ५.२% बताइएको छ। Alcoholic Beverages Industry बारे World Top Expert को रिपोर्ट अनुसार विश्वमा सबै भन्दा ठूलो मदिरा उत्पादन गर्ने कम्पनि भएको देश बेल्जियम हो। जसले May 2017 को रिपोर्ट अनुसार US$45.6 billion को मदिरा उप्पादन गर्यो। त्यसै गरि सोहि रिपोर्ट अनुसार अमेरिकाले $7.3 billion को उत्पादन गयो। मदिरा लिनु आफ्नै कुरा हुन्, तेती ठूलो ब्यबसायबारे कुनै इ/कमर्शका पत्रकार/लेखकले नै त्यसको कुरा गर्लान। कुरा गरौ हाइट र वेटका।

यो दिइएको चार्ट गुगलबाट लिइएको हो। यो फर्मुला चार्ट सबैलाई लागु हुँदैन। तपाइलाई आफ्नै डाक्टरले दिएको अनुसार गर्नुहोला । तर यो जानकारी भने तपाइलाई आफ्नो हाइट अनुसार तौल ठिक बाटोमा छ या छैन भनेर हेर्नको लागि भने उपयुक्त हुन्छ।

हाइट अनुसर हुनुपर्ने वेट महिला र पुरुषमा फरक हुने रहेछ। त्यसमा पनि महिलामा परिश्थिति अनुसार फरक हुने रहेछ। गर्ववती र अन्य बिशेष हेल्थका व्यक्तिहरु, थुप्रै मेडिकेशनमा रहेका व्यक्तिहरुलाई यो चार्टले काम गर्दैन। यो चार्ट सामान्य हेल्थ भएका सरदर व्यक्तिहरुको लागि मात्र हो। बाँकी अरुले आफ्नै डाक्टरको सल्लाह अनुसार गर्नुहुन पनि अनुरोध।

चार्टमा पहिलो महलमा हाइट छ, दोश्रोमा न्यूनतम तौल छ। त्यसको मतलब त्यो भन्दा तल हुनुहुन्न भन्ने हो। अनि तेश्रोमा टार्गेट भन्ने महलले तपाइको हाइट अनुसार नियमति रुपमा ब्यालेन्स गर्नुपर्ने तौल दिएको हो। अन्तिममा रेड फ्ल्याग अर्थात त्यो भन्दा तौल माथि जान नहुने भन्ने नम्बर दिइएको छ।

यो तौल र हाइट पाउण्डमा छ। जसले केजीमा गर्नुहुन्छ आफ्नो स्मार्ट फोनबाट एप्सको सुविदाले डाइरेक्ट कन्भर्ट गर्न सक्नुन्छ। या क्यालकुलेटर चलाउनुहुन्छ भने १ पाउण्डबराबर ०.४५३५ केजी हुन्छ।

उदाहरणको लागि, म कुनै मेडिकेशनमा छैन, सामान्य स्वास्थ भएको पुरुष व्यक्ति हुँ।  मेरो हाइट ५ फिट ३ इन्च छ। अब यो चार्ट अनुसार मेरो न्यूनतम तौल १२७ पाउण्ड (५७.६० केजी) भन्दा तल हुनुहुँदैन। १३९ पाउण्ड (६३.०४ केजी) मेरो नियमित तौल हुनुपर्छ अनि १५१ पाउण्ड (६८.४९) भन्दा माथि जानु पनि हुँदैन।

बाँकी चार्ट मा हेरौ:

This chart is from Google, and has copyright to www.disabledwodd.com