https://www.youtube.com/embed/MIPel29u34M

-हेमन्त खड्काको गुराँस फुल्न रानी वन

हेमन्त खड्काको नयाँ म्यूजिक एल्वम-गुराँस फुल्न रानी वन

Hollywood Khabar December 21,2018 Comments

नरेश बोहोरा/बागलुङ

हेमन्त खड्काको नयाँ म्यूजिक एल्वम गुराँस फुल्न रानी वन बजारमा आएको छ। बागलुङ नगरपालिका—८ सिगानामा जन्मिएका खड्काले लगनको महिनालाई ध्यानमा राखेर पञ्चैबाजामा आधारित गित बजारमा ल्याएका हुन् ।

चर्चित मुस्ताङ लेतेमा बोलको गीतबाट नेपाली सांगितीक क्षेत्रमा पाईला राखेका खड्काले निरन्तर गित संगितको सिर्जना गर्ने र बजारमा ल्याउने क्रममा गुराँस फुल्ने रानी वन बजारमा ल्याएका हुन् । हेमन्त खड्काको लय रहेको गीतमा शब्द भने कृष्ण आचार्य र हेमन्त खड्काले शब्द लेखेका छन्। गायक हेमन्त खड्का र गायिका शान्तिश्री परियारले गीतमा स्वर दिएका छन् ।

म्यूजिक भिडियोमा सुमन जि सी, आयुष्मा घर्ती मगर, दिपक खड्काको मुख्य भूमिका रहेको छ। बागलुङ जिल्लाको पञ्चकोट लगायत धार्मिक तथा पर्यटकिय स्थलहरूमा छायाङ्कन गरिएको म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन सज्जन कुमार सिंह र गायक खड्काले गरेका हुन्। गीतको छायाङ्कन सज्जन कुमार सिंहले गरेका छन् । म्युजिक भिडियो हेमन्त खड्का युटुव च्यानलबाट सार्वजनिक भएको छ।