-एनआरएनए महासचिव डा शर्मा

एनआरएनएको इतिहासमा असफल महासचिव डा शर्मा, प्रसङ्गमा ८ र १२, अपसगुन कुरा

Hollywood Khabar August 08,2021 Comments

कृष्ण के सी, अमेरिका, अगष्ट ८, २०२१

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को सबैभन्दा असफल महासचिव भनेको वर्तमान महासचिव डा हेमराज शर्मा नै सावित हुनुभएको छ।

प्रसङ्गमा भन्नै पर्नेभयो, नेपालीका लागि ८ र १२ अपसगुनका नम्बर हुन् भनिन्छ। यो पटक खै किन हो एनआरएनएका महासचिव डा हेमराज शर्मासँग मेरा ८ र उहाँका १२ वटा कुरा जुरेछन। म होइन उहाँ चाहिँ फेरी पनि चुनावमा आकांक्षी हुनुहुन्छ। त्यसैले ८-१२ को अपसगुनको तीर उतैतिर तिरिएको छ। हुन त २०१९ मा उहाँलाइ महासचिवमा जिताउन थुप्रै कष्ट गर्नुपरेको थियो। उहाँको लागि म र हामीले हनुमान चालिसा नै पढ्नु परेको हो।

  1. लेख्दैमा कोहि लेखक नदरिएला, संचार गर्दैमा पत्रकार पनि नहोला, लेखेकै कारण कसैलाई धारे हात पनि लगाउनु नपर्ने हो। तर गैरआवासीय नेपाली संघको वर्तमान महासचिवले विभेद मात्र होइन बिधि-बिधान र सँस्थाको मर्यादा नै नाघेर जानुभएको छ। हामीलाई धारेहात लगाउनुभएको छ।
  2. पदिय जिम्मेवारी लिंदैमा कोहि सफल या असफल व्यक्ति नहोला। तर हरेक पदिय जिम्मेवार व्यक्तिको कुनै न कुनै रुपमा इतिहासले रेकर्ड चाहिँ गरेको हुँदो रहेछ। त्यस्ता रेकर्ड कालन्तरमा कुनै न कुनै ठाउँमा पुगेर ठोक्किन आउँदा रहेछन। यस्तो ठोक्काइलाई हामीले काजीका छोरा पाजी र पाजीका छोरा काजी भन्ने गरेका छौँ।
  3. गैरआवासीय नेपाली संघको इतिहासमा मेरो लगान करिब ११ बर्ष कट्न लाग्यो। एनआरएनको निजि क्षेत्रबाट संचार गरेको रेकर्ड चाहिं राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्ष प्रल्हाद केसी अध्यक्ष हुँदाको कार्यकाल देखि हो। जसलाइ सजिलोको लागि २०११-२०१३ (त्यो समय जोर बर्ष २०१०-२०१२/२०१२-२०१४ को थियो) भन्न सकिन्छ।
  4. म आफूले संघको आधिकारीक रुपमा जिम्मेवारी लिएर संचारको काम चाहिं २०१३-२०१५ कार्यकालबाट गरेको हुँ। त्यो बेला म आफू ७२% मत ल्याएर पहिलो पटक एनसीसी अमेरिकाको मिडिया कोअर्डिनेटर (पदाधिकारी) पदमा बिजयी भएको थिएँ। त्यो समय एनआरएनए आइसीसीका तत्कालिन प्रवक्ता वर्तमान उपाध्यक्ष मन केसीसँग मिलेर धेरै काम गरियो।
  5. २०१५ मा तत्कालिन अध्यक्ष शेष घलेको दोश्रो कार्यकालको लागि निर्वाचन सचिवालयको संचार तर्फको इन्चार्ज नै थिएँ, शेष घले दोश्रो पटक अध्यक्षमा जित्नुभयो।२०१५-२०१७ मा रन्जु वाग्ले आइसीसी प्रवक्ता हुँदा मिडिया एण्ड पब्लिकेशन कमिटीमा ६ क्षेत्रका क्षेत्रीय संचार संयोजक मध्ये अमेरिकाज क्षेत्रको संचार संयोजक भएर थुप्रै काम गरियो।
  6. २०१७ अकुटुवरमा कुनै दिन राती ८:०० बजेतिर फोन गरेर अध्यक्ष घलेले सकेसम्म, मिलेसम्म छिटो नेपाल आउन भन्नुभयो। म भोलिपल्ट नै नेपाल उडें। त्यो समय एनआरएनए आइसीको निर्वाचनमा जमुना घलेको लागि पनि निर्वाचन सचिवालयको संचार इन्चार्जकै लागि जिम्मेवारी दिइयो। २०१७-२०१९ मा तत्कालिन प्रवक्ता भुषण घिमिरेले अफर गर्दा म मिडिया कमिटीमा बस्न मानिन तर पछि तत्कालिन महासचिव तथा वर्तमान उपाध्यक्ष डा बद्रि केसीको नीति तथा कार्यक्रम कमिटिमा रहेर काम गरेको थिएँ।
  7. २०१९ मा भने म वर्तमान अध्यक्ष कुमार पन्तको चुनाव प्रचार सचिवालमा संचार तर्फको इन्चार्ज नै थिएँ। त्यो समय पूर्वअध्यक्ष जीव लामीछानेदाइसंग नजिकबाट काम गर्ने मौका पाइयो। त्यसपछि प्रवक्ता डिबी क्षेत्रीको मिडिया एण्ड पब्लिकेशन कमिटीमा सूचना तथा संचार तर्फको हेडको रुपमा काम गर्ने जिम्मेवारी दिइयो। अन्तराष्ट्रिय परिषदको मानार्थ सदस्य पनि दिइयो। यति मात्र होइन अध्यक्ष कुमार पन्तबाट प्रवक्ता नभएको अवस्थामा कार्यबाहक समेत गर्नेगरि थुप्रै जिम्मेवारी दिइएको छ। त्यसलाई एकदम संयोजन र फरक रुपमा मैले २०२१ को जनवरी अन्त सम्म पुरा गर्नसके। त्यसपछि वर्तमान महासचिव डा हेमराज शर्माले प्रवक्ता र मिडिया कमिटी दुवैलाइ प्यरालाइज गर्नुभयो। मेरो लागि संचारका सबै एक्सेस खोसियो। संघका आधिकारिक सूचना पनि कहिले काहिँ आउँछन् त कहिले आउँदैनन।
  8. उसो त म आफूले माथि उल्लेख गरेका बाहेक एनआरएनएका ८ वटा इलेक्शनहरुमा ब्याक र फ्रन्ट दुवैमा रहेर प्रमुख मध्येकै रुपमा क्याम्पेन गरेको छु। २०२१ को लागि पनि चुनावी क्याम्पेन गरेको छु र गर्दैछु। २०१७ को चुनाव बाहेक सबै चुनाव जितेको रेकर्ड छ। यसमा मेरो सक्सेस रेट ७५% भन्दा माथि हो। इतिहास लुकाएर लुक्दैन र मैले यी सबै काम गरेको हुँ। रेकर्डले मलाइ एनआरएनएको इलेक्शन क्याम्पेन प्रोफेशनल बनाएको छ भन्दा कुनै लाज र अप्ठेरो लाग्दैन।

अब कुरा गरौँ एनआरएनएका महासचिव डा हेमराज शर्माका

  1. उहाँले आफू महासचिव भएपछि संघमा १५ बर्ष पछि दोश्रो पटक बरियताको पुनर्व्याख्या ल्याउनुभयो। कुरा राम्रो थियो, विवादित भयो, पछि गिभअप गर्नुभयो।
  2. त्यसपछि उहाँले बिधानमा नै ब्यबस्था भएको कुरा, कुनै पनि पदिय व्यक्तिले राजनैतिक, धार्मिक र जातीय संस्थाको जिम्मेवारीमा भए संघ या अर्को दुइ मध्ये एकपदबाट राजिनामा दिनुपर्ने कुरा ल्याउनुभयो।पत्र लेख्नुभयो तर त्यसलाई सबैले धोति लगाइदिए। उहाँ दोश्रो पटक असल हुनुभयो।
  3. संघका कर्मचारी र प्रशाशनमा एककिसिमको एकातर्फी त्रास दिएर अबैधानिक काम गराएको कुरा त गत बिशेष महाधिवेशनले प्रमाणित नै गरेको छ। त्यसको उजागर मात्र होइन उहाँ माथि छानविन पनि अक्टुवरपछि पक्कै होला।
  4. एनआरएनए आइएलओको प्रोजेक्टमा हुनुसम्म अपचलन भयो। यसबारे सबैभन्दा पहिले लेख्ने मध्ये म नै एक हुँ। त्यसमा उहाँले आफू तिनै अपचलन गर्नेसँग आफू पदिया रुपमा नै रहेको “I love you” भन्ने खालको बक्तब्य निकाल्नुभयो। पछि कोषाध्यक्ष महेश श्रेष्ठको अनुसन्धानले अपचलन भएको पायो। त्यसमा पनि महासचिव डा शर्माको नियत मात्र होइन घुमाउरो रुपमा संलग्नता नै प्रमाणित भयो।
  5. उहाँले प्रवक्ता र मिडिया कमिटी दुवैलाइ फ्रोजन गरेर आफैंले प्रवक्ताको नाममा विज्ञप्ति ठोक्न थाल्नुभयो। अनि प्रवक्ता डिबी क्षत्रीले त्यसैलाई शेयर गर्न थाल्नुभयो। इतिहासमा क्षेत्री पहिलो प्रवक्ता हो जसले आफ्नो कामबाट हरेस खाएको।
  6. २०१७ को चालु बिधानलाइ २०२१ को बिशेष महाधिवेशनले संसोधन गर्न नै नमिल्ने हो। त्यसमा पनि संसोधन बिधि पुरा गरेको छैन। तर जाल-झेल गरेर त्यसलाई परराष्ट्रमन्त्रीलाइ झुक्याएर तोक आदेशमा ल्याइयो। बिधान आउनुपूर्व नै उहाँले आउनेवाला बिधान मान्नु भनेर पत्र काट्नुभयो। तर त्यसमा असफल हुनुभयो र माफी माग्नुपर्यो।
  7. एनसीसीहरुमा गुटबन्दि गराएर, विभेद सिर्जना गर्नुभयो। झगडा गराउनुभयो। अमेरिका, अष्ट्रेलिया, बेलायतमा फरक नीति लिनुभयो। जितेका चुनाव हारेको बनाउन लागेका प्रमाण त छरपष्ट नै छन्। मनपरी रुपले बिधान बिपरित एनसीसी गठन र एडहक कमिटी बनाउने ब्यबस्थाको बिधि मिचेर जानुभयो। चुनावकै लागि यो सबै नाटक गरेर एकल रुपमा बैठकबाट पारित नगरी नयाँ एनसीसीहरु घोषणा गर्नुभयो।
  8. जनवरी २०२१ मा भएको बिशेष महाधिवेशनमा २५०० भन्दा धेरै प्रतिनिधिलाइ ३०० जना मात्र अट्ने जुमहल किनेर अल्पमतको महाधिवेशन गराउनुभयो। त्यसलाई फट्याई गरेर अझै पेल्नुभएको छ। यस संबन्धि मुद्धा पर्नेवाला छ। नयाँ परराष्ट्रमन्त्री आएपछि पूर्वमन्त्रीले दिएको बिधि नपुगेको तोक अर्कोले उल्ट्याउन सक्छ। २०२१ को बिधान उल्टियो भने उहाँको हविगत कताजाला त्यो हेर्न बाँकी छ।
  9. संघको सदस्यता एमआइएसमा गर्नुनै पर्ने भनेर अमेरिका जस्ता थुप्रै देशमा कानुन बिपरित काम गराउनु भएको छ। भोलि कसैको इन्फर्मेशन लिकभयो भने ठूलो ल सुट हुनसक्छ। त्यसको जवाफ कसले दिने ?
  10. एनसिसिहरुको निर्वाचनमा प्रभाव पार्ने, लुट्ने काम गर्नुभएको छ। त्यसका प्रमाण बेल्जियम, जापान, चिली, बहरेन, यूएइ लगायत देशमा देखिएको छ। संघका अध्यक्ष रहनु भएको होम कन्ट्रीमा जर्मनीका ३ भन्दा धेरै डिष्ट्रिकमा मुद्धा परेको सुनिएको छ।
  11. एनसीसी विवाद मिलाउनु भन्दा चर्काएर मोज लिने गर्न थाल्नुभएको छ। यसको असर अब मुखैमा रहेको चुनावमा पर्नेवाला छ। अझै पनि उहाँको हालत भनेको “पत्ली गल्लि फुटलिने” अवस्थाकै छ।
  12. महाधिवेशन प्रतिनिधि चयनमा विभेद गर्नुभएको छ। मनलाग्दी रुपमा निर्देशन दिने सम्म काम गर्नुभएको छ। संसारमा कतै पनि महाधिवेशन प्रतिनिधिको निर्वाचन भएको छैन। अष्ट्रेलिया, बेलायत र अमेरिकालाई चाहिँ डेलिगेट चुनाव गर्नुपर्ने अन्यत्र चाहिँ गर्नुनपर्ने भन्दै इमेल लेख्नुभएको छ। यसको अर्थ के बुझ्ने ?

संबन्धित समाचार

एनआरएनए अमेरिकाको २५% प्रतिनिधिमा राज्य च्याप्टर सहभागी गराउने सहमति

एनआरएनएको सदस्य बन्ने एमआइएसमा चरम दुरुपयोग, सर्वत्र बिरोध, अध्यक्ष पन्त मौन

एनआरएनए युरोप संयोजक आचार्यले MIS मा चरम दुरूपयोग भएको भन्दै अध्यक्ष पन्तलाइ पत्र लेखे

एनआरएनए जापानको १७०० सदस्य एमआइएसबाट हेरफेरी, जवाफ कुनचाहिँ राजले दिने?

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनअरएनए बहराइनमा चुनावी नाङ्गो नाँच, अध्यक्ष पन्तज्यू जवाफ दिनुहोस, एकापक्षद्वारा बहिस्कार

गैरआवासीय नेपाली संघको विधानमा महासचिवको मनपरी व्याख्या

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए अमेरिकाको सभा, उपाध्यक्ष डा के सीको धम्कि, बिधान रोक्न सर्वोच्चमा पिटिशन हुने

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए एनसीसी अमेरिकाको चुनाव रोक्न माग गर्दै अदालतमा मुद्धा, महासचिव शर्माको संलग्नता

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएले अमेरिकाको सदस्यता मात्र छानविन गर्ने कि बेलायतको पनि

एनआरएनए:हाम्रो काममा प्रश्न उठाउनेजति सबैलाई कारबाही हुनुपर्छ अध्यक्षज्यू

एनआरएनए ILO प्रोजेक्ट अनियमितताको पराकाष्ट, ९५७ जनालाई १९ लाख भुक्तानी

एनआरएनए ILO प्रोजेक्ट:७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत

गैरआवासीय नेपाली नागरिकताको घोषणा हेर्न तलको यूट्यूब भिडियो हेरौ:

https://www.youtube.com/watch?v=rSCCyclARX8

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर, ३ वर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ