-एनआरएनए आइसीसी का बैधानिक महासचिव डा हेमराज शर्माले अबैधानिक दबाव दिएर मानसिक र सांगठानिक तनाव बढाएका छन्।

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

Hollywood Khabar July 10,2021 Comments

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का बैधानिक महासचिव डा हेमराज शर्माले अबैधानिक दबाव दिएर मानसिक र सांगठानिक तनाव बढाएका छन्।

एनआरएनए आइसीसीका महासचिव डा हेमराज शर्मालाइ उनीबाट पिडितहरुले लगाउने आरोपको अर्को नाम हो गेमराज। महासचिव डा शर्मालाइ संघको स्थापनाकाल देखिको योगदान गरेको व्यक्ति, पूर्वप्रवक्ता, संघको बिधानमा लामो समय सम्म ज्ञान भएको, बौद्धिक व्यक्तित्व भनेर गत २०१९ को निर्वाचनमा महासचिवमा जिताएका हौँ। तर निर्वाचनको केहि दिनबाट नै उनले संघमा काम गर्नेहरुलाइ तीर हान्न थाले।

  1. पहिलो आक्रमण संघका प्रवक्ता डिबी क्षेत्री र सिंगो मिडिया कमिटी माथि हाने। त्यसैका कारण मिडिया कमिटी मात्र होइन प्रवक्ताको अस्थित्वको पत्तै कसैलाई छैन। उनलाई कामको क्षेत्राधिकारमा सर्वश्व हरण गरिएको भिखारी बनाइएको छ।
  2. दोश्रो तीर राष्ट्रिय समन्वय परिषदहरुमा विवाद बढाउने, एकापक्ष च्याप्ने र अर्कोलाइ पेल्ने गर्न थाले। युरोपका ५ भन्दा धेरे देश, मध्येपूर्व, अमेरिका यसका उदाहरण हुन्।
  3. आइएलओ प्रोजेक्टमा केहि भएको छैन आइ लाभ यू साथीहरु भनेर लेख्ने उनले केहि दिनमा नै कोषाध्यक्ष महेश श्रेष्ठको प्रतिवेदनलाइ नजिर भन्दै अपचलन भएको ठहर गरेर बैठक निर्णय नै जारि गरे। तर उनले अझै पनि त्यो प्रोजेक्टमा केहि भएको छैन भन्न छाडेका छैनन्।
  4. एनआरएनए आइएलओ प्रोजेक्टमा रकम अपचलन भएको कुरा लेख्दा ल सुट गर्ने धम्कि दिले तर पछि संघले आफैं नै अपचलन भएको प्रमाणित गर्यो। त्यसमध्ये २०२० मा बेलायतबाट नेपाल पुगेर कुरा मिलाएर बाली उठाएर ४/५ दिनमा नै बेलायत फर्केका उनका सहोदर भाइशर्मालाइ भने उनले चोख्याए।
  5. पछिल्लो समय एनसीसी अमेरिकामा हरेक दिन अबरोध र आक्रमण गरे। चुनाव रोक्न, बिथोल्न, बाधा हाल्न, मन्त्रालयबाट नआएको बिधान पनि मान्न भनेर पत्र सम्म लेखे।
  6. जुलाई ३, २०२१ मा एनसीसी अमेरिकाको साधारणसभामा निर्वाचिवहरुलाई सपथ ग्रहण गर्न नदिनु भनेर सचिव गौरी जोशीलाइ निर्देशन दिए। जोशीले सो कुरा एक सभामा स्वीकारेका छन् र त्यसको भिडियो सार्वजनिक मात्र होइन टिकटकमा समेत भाइरल छ।
  7. एनसीसी अष्ट्रियामा हराउन खोजेकाले जित्ने भए भनेर अध्यक्षलाइ रणभुल्ल बनाएर बाँकीलाइ संसारमा नै नभएको कुरा सबै उम्मेदवारलाइ दोहोर्याएर उम्मेदवारी दर्ता गर्न लगाए।
  8. एनसीसी माल्टा र स्पेनमा उनका दर्वान-कुल्ली मानिने रामशरण सिम्खडालाइ चौकीदारी गर्न लगाएका छन्।
  9. युरोपमा शर्माले कांग्रेसीहरुलाई काउसो हाल्न बबण्डार मच्चाउन, भाँड-भैलो गर्न प्रयोग गर्ने गरेका गंगाधर गौतमलाइ खै किन हो कुनी नेपाली काग्रेसक अबिमलेंद्र निधिले नीति तथा प्रशिक्षण कमिटीमा राखेछनन।
  10. यति मात्र होइन अरु धेरैछन्। अजिवकै कुरा मान्नुपर्छ। एनसीसी अमेरिकाको निर्वाचन आयोगले तय गेरको महाधिवेशनका लागि २५% प्रतिनिधि चयन बिधि ठ्याक्कै कपि बेलायतमा गर्न लगाए। तर त्यसको पायोनियर गर्ने अमेरिकामा भएन चुनाव रोक्न लगाए।

  1. एनसीसी अमेरिकाको २०१९ को कार्यसमितिलाइ प्रतिनिधि छान्न दिने भन्ने अबैधानिक इमेल लेखे तर संसारमा अन्त कतै यस्तो भएको छैन।
  2. अहिले महासचिव शर्माले एनसीसी अध्यक्ष र महासचिवलाइ तुरुन्त प्रतिनिधि आफ्ना पक्षकालाइ नाम हाल्न दवाव दिन थालेका छन्। केहीको स्क्रिनशट पनि हामीलाई प्राप्त भएको छ। उनले रोमन नेपाली भाषामा कति सम्म लेखेका छन् भने- १०% मा यो योको नाम हाल्नु, २५% मा यसरी यो यो जिताउनु भनेका छन्।
  3. गेमराज शर्माले २५% चाहिं महाधिवेशनमा नै भोट गर्न दवाव दिन थालेक छन्। दवाव मात्र होइन तनाव नै दिन थालेका छन्।
  4. संघका अध्यक्ष कुमार पन्तको भनाइमा, छनोटको पहिलो बिधि भनेको सर्वसम्मत हो। अरु कुरा भनेको स्थिति र ठाउँ अनुसार कुनै पनि बिधिले चयन गर्नु हो। भोट भनेको ब्यालेट मात्र होइन। यस्ता बिषयमा एनसीसीहरुलाई खुम्च्याउने हुँदैन। आफूलाइ पनि गुनासा आएका र यसमा आफू सचेत रहेको बताएका छन्।
  5. गत हप्ता संघको ओबी बैठकमा नै नराम्रोसँग धुलाई खाएका महासचिव डा शर्माको गेमको चर्चा संचामाध्यममा खुबै भएको थियो। तर पनि उनले अबैधानिक काम गर्न छोडेका छैनन्।