चर्चित मोडल एंव निर्देशक हेरुका लामा र निरान्जली लामा अभिनित साउने झरी बोलको गीत बजारमा आएको छ। हेरुका लामाको अफिसियल युटुबबाट उक्त गीत सार्वजानिक गरिएको हो।
सुनिल दिप्त राइले लेखेको उक्त गीतलाई उदय राज पौडेलले संगीत संयोजन, तारा प्रकाश लिम्बुले संगीत गरेका हुन भने उनै गायक एंव संगीतकार तारा प्रकाश लिम्बु र गायीका दीपा लामाले गाएका हुन। पेम्जोङ लामाको निर्माण, राम कुमार केसीले छायांकन, मनोज कार्किले कलर, दिलिप तामाङले सम्पादन गरेको उक्त भिडियोलाई उनै मोडल एंव निर्देशक लामाले कोरियोग्राफ र निर्देशन गरेका हुन।