हिक्मत थापाको कविता संग्रह चिबोकका केटीहरू

हिक्मत थापाको चिबोकका केटीहरू कबिता संग्रह बिमोचन हुँदै

Hollywood Khabar October 02,2018 Comments

गैरआवासीय नेपाली सङ्घका कोषाध्यक्ष हिक्मत थापाको कविता संग्रह चिबोकका केटीहरू असोज २७ गते शनिबार काठमाडौँमा बिमोचन हुने भएको छ।

नाइजेरियाको बोर्नाे राज्यको चिबोकबाट सन् २०१४ अप्रिल १४ मा एक स्कुलबाट बोकोहरामद्वारा अपहरित २७६ स्कुले छात्राहरूमाथि लेखिएको शीर्ष कविताको शीर्षकबाट नै पुस्तकको नाम राखिएको छ ।

सञ्चयनमा थापाले चालिसका दशकदेखि हालसम्म लेखिएका प्रतिनिधिमूलक कविताहरू सङ्ग्रहित रहेको कुरा थापाले बताएका छन्। कविताहरू राष्ट्रप्रेम, प्रवासी पीडा र कविको सौन्दर्य चेतले भरिपूर्ण छन्। साङ्ग्रिला बुकले प्रकाशन गरेको चिबोकका केटीहरूको सम्पादन सुविद गुरागाईले गरेका हुन्।