सोनी शर्मा

हिमाल दुख्यो‚तराई दुख्यो‚पहाड पनि दुख्यो

Hollywood Khabar March 31,2019 Comments

बारा दुख्यो ,पर्सा दुख्यो रौतहटनि दुख्यो 
तराईलाई दुख्दा खेरी पहाड पनि दुख्यो । 

घर ढल्यो,अन्न छैन जनधनको क्षति ‚
 दृश्य देख्दा बग्छ्न् आँखा दुख्छ मन कति। 

बिपत्तिको कालो बादल हाम्रै छानामाथी‚
सबैमिलि सहयोग गरौ बिपतमा साथी। 

छानो लग्यो उडाएर ,घरमै भयो लास‚
के खाएर बस्छ्न् बरै बाच्ने गर्छन् आश ।

महिला ,बालबालिकाको धेरै गयो ज्यान‚
बिपत्तिमा सरकार देउ पीडित लाई ध्यान । 

चैतमासा चल्यो हुरि लग्यो खेतको अन्न ‚
भोक लाग्दा के खाने खोइ कस्लाइ जाने भन्न। 

तराईलाई दु:ख पर्दा सबै जुट्नुपर्छ ‚
पीडितको आशु पुछ्न हामी उठ्नु पर्छ। 

जे जे सक्छौ तेहि गरौ सहयोगि मन ‚
तिन करोड नेपालीको जाग्नु पर्छ मन। 

भोका नाङ्गा रुदै छन् है आशु बगाएर ‚
मानवीय सम्बेदना नजाओस् है खेर ।

हिमाल उठ ,पहाड उठ तराईनि जुट‚ 
राहतको मलम पट्टि लगाउन उठ।