https://www.youtube.com/embed/pBbsNY8amYc

-हलिउडखबर डटकमको ५ औं बार्षिक उत्सव सम्पन्न गर्दा

हलिउडखबर डटकमको ५ औं बार्षिक उत्सव सम्पन्न गर्दा

Hollywood Khabar December 06,2020 Comments

Hollywood Media & Entertainment LLC द्वारा संचालित Hollywood Khabar (https://www.hollywoodkhabar.com) अनलाइन मिडियाको ५ औं बार्षिक उत्सव डिसेम्बर ५, २०२० मा सम्पन्न भयो।

डिसेम्बर ५, २०२० शनिबार अमेरिकाको प्यासिफिक समय साँझ ठीक ५:०० सुरु गरिएको कार्यक्रम सधैं जस्तै अलिकति फरक रुपमा सम्पन्न भयो। कोरोनाका कारण रुममा संभव नभएपछि जुममा संचालन गरियो। कार्यक्रम छोटो १ घण्टा ४५ मिनेटमा सक्ने योजना थियो त पाहुनाको संख्या अलिकति बढ्दै गयो त्यसैले प्लान बी मा जाँदा अलिकति लामो भयो।

कार्यक्रम सुरुमा उत्तर अमेरिका क्षेत्रलाई लक्षित गरिएता पनि बढ्दै गएर युरोप, नेपाल र एशिया सम्म पुग्यो। यो पटक सभापति र प्रमुख अतिथि नराखी नै कार्यक्रम अनौपचारिक रुपमा आफैंले संचालन गर्दै गएँ। एउटा संचारको लागि सबै उपस्थितजना प्रमुख अतिथि हुन्छन। त्यहि मान्यता मेरो थियो र छ अनि त्यसै गरियो।

शुभकामनाको लागि उपस्थित सबैलाई १ मिनेटको समय प्रदान गरिएको हो। जम्मा एउटा मात्र बिषयगत कुरा थियो। अमेरिकामा नेपालीहरुको ब्यबसायिक अवस्थाकाबारेमा। नेपाल सरकारका माहावाणिज्यदूत ऋषि ढकालले सो बिषयलाई छोटो रुपमा जानकारी दिनुभयो।

कार्यक्रममा महावाणिज्यदूत ऋषी ढकाल, पत्रकार तथा संचारकर्मीहरु, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्षहरु सोनाम लामा, रविना थापा, सचिव गौरी जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ, क्षेत्रीय संयोजक राजन त्रिपाठी, क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, सल्लाहकार हरिबोल भण्डारी समेत हुनुहुन्थ्यो।

त्यसैगरी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाका अध्यक्ष चिरन्जीवी घिमिरे, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष सुनील साह, बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे, उपाध्यक्षहरु बुद्दि सुवेदी, कृष्ण जीवि पन्थ, पूर्व अध्यक्ष खगेन्द्र जी सी, पूर्व सल्काहाकर भक्त थापा लगायत अन्य पधाधिकारी समेत हुनुहुन्थ्यो।

US Nepal Policy Research Center का अध्यक्ष डा राजन पन्त, नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सँस्था INNJA का अध्यक्ष गुणराज लुइटेल लगायतको उपस्थितिले एककिसिमको इनर्जी दिएको थियो।

नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय नेता मुक्तिनाथ पन्तले सिंगो जनसम्पर्कको प्रतिनिधित्व गरिदिनुभयो।

व्यंग्य काव्यकार अर्जुन राज पन्त, हास्यकर्मी तथा कार्यक्रम प्रस्तोता अर्जुन दाहालले कार्यक्रममा आफ्नो प्रस्तुतिले चन्द्र दर्शन गराइदिनुभयो। कुशल शिक्षक, पाठ्यक्रम बिकास बिज्ञ तथा रेडियोकर्मी नवराज संजेल, पत्रकारहरु श्याम लुइटेल, मुकुन्द सुवेदी, सन्तोष दाहाल, चिरन शर्मा, शैलेश श्रेष्ठ लगायत संचारकर्मीको उपस्थितिले मेरो लागि ढाडस भएको थियो।

नुवाकोट दुप्चेश्वर गाउँपालिकाकी उपप्रमुख अन्जु आचार्यप्रति आभारी छु। हलिउडखरकी कर्मी सोनी शर्माप्रति धन्यवाद। उपस्थित सबै जनहरु र लाइभ हेर्नुहुने सबैमा हार्दिक आभार !

अनि स्थापना काल देखि साथ दिनुहुने कानुन ब्यबसायी दिपक बिष्ट जो कोरोनाको कारण यस संसारबाट बिदा हुनुभयो उहाँप्रति हार्दिक श्रद्धासुमन !

सहकर्मी, लेखक, कवि, साहित्यकार, इभेन्ट अर्गनाइजर सबैप्रति आभारी !

कृष्ण के सी

डिसेम्बर ६, २०२० आइतबार, अमेरिका