-हलिउडखबरद्वारा प्रदान गरिने बार्षिक पत्रकारिता पुरस्कारको निवेदन आब्हान

हलिउडखबरद्वारा प्रदान गरिने बार्षिक पत्रकारिता पुरस्कारको निवेदन आब्हान

Hollywood Khabar September 24,2019 Comments

कृष्ण के सी/अमेरिका/सेप्तेम्बेर २४,२०१९

अमेरिकाको क्यालिफोर्निया राज्यको विश्वको चर्चित शहर सिलिकन भ्यालीमा स्थापना भएर स्टेट अफ क्यालिफोर्नियामा दर्ता भएको नेपाली अनलाइन मिडिया हो हलिउडखबर डटकम।

संसार चिनाउने हलिउड मूभी बनाउने राज्य क्यालिफोर्नियाको गौरवलाइ प्रतिनिधित्व गर्दै हलिउड र नेपाली संचारको आफ्नै पना कायम गर्न खबर शब्द जोडेर हलिउडखबर नाम राखिएको हो। यसलाई https://hollywoodkhabar.com भनेर इनटर्नेट ब्राउजरमा सर्च गर्न सकिन्छ। गुगल र एप्पल एपस्टोरमा गएर एप्लिकेशन पनि डाउनलोड गर्न सकिन्छ। Hollywood Media & Entertainment LLC द्वारा संचालित यो हलिउडखबर डटकम अनलाइन मिडियालाइ बिजनेश लाइसेन्सको आधारमा Hollywood Khabar पनि भन्न मिल्छ।

हलिउडखबरले आफ्नो स्थापनाको बार्षिक उत्सव डिसेम्बरमा भब्य रुपमा मनाउँदै आएको छ। यसै क्रममा नेपालमा पत्रकारिता गर्दै आएका व्यक्तिहरुलाई उत्साहित गर्न पुरस्कार र प्रसंसापत्रको समेत ब्यबस्था गर्दै आएको छ।

गत बर्ष पर्सा ठोरीका प्रेम लामालाई $३०० (अमेरिकी डलर) कामदा मिलन पत्रकारिता पुरस्कार र स्थानिय इश्वर सिटौलाले थप गर्नुभएको $१०० (अमेरिकी डलर) समेत गरि $४०० को नेपालीमा हुन आएको सटही नेपाली रुपैयाँ प्रदान गरिएको थियो।

यो बर्ष निम्न पुरस्कारको ब्यबस्था गरिएको छ:

१.कामदा-दुर्गा मिलन फाउण्डेशन पत्रकारिता पुरस्कार

२.हलिउडखबर बिधार्थी पत्रकारिता पुरस्कार

३. आतंकवाद बिरुद्ध भावना स्मृति पत्रकारिता पुरस्कार

यो बर्ष देखि हलिउडखबरले पुरस्कारलाइ थप ब्यबस्थित गर्दै नीतिहरु समेत परिमार्जन गरेको छ। पुरस्कारलाइ सम्मानित गर्नको लागि हलिउडखबर पत्रकारिता पुरस्कार बोर्ड अफ ट्रष्टी गठन गरिएको छ। ट्रष्टीहरुमा विश्वका थुप्रै देशबाट हाल १५ जना सदस्यहरु रहनु भएको छ।

हलिउड खबर पत्रकारिता पुरस्कार प्रोत्साहन भएकोले बर्षौ पत्रकारिता गरेको अनुभव, पत्रकारिता पढेको, मुलधार, कुलधारमा काम गरेको या त्यस्तो कुनै प्रमाण पत्र, सूचना विभागको परिचय पत्र या सिफारिसको केहि पनि आवश्यक्ता पर्ने छैन। पत्रकारितामा आएको सिटिजन जर्नालिज्मको अवधारणालाइ सम्मान गर्दै सुरु गरिएको हो।

यो पुरस्कारको लागि जेष्ठता या अनुभवलाइ भन्दा समाचारको औचित्य र त्यसको महत्वलाइ बढी प्राथमिकता दिइने छ। तर समाचार सत्य हुनु पर्नेछ, सामाजिक मर्यादा र कानुन भित्र रहेर प्राइमरी रुपमा तयार पारेको हुनुपर्नेछ।

हलिउड खबर पत्रकारिता पुरस्कार पाउनको लागि इच्छुकहरुले देहायको अनुसार गर्नुहुन अनुरोध गरिएको छ।

१. कामदा-दुर्गा मिलन फाउण्डेशन पत्रकारिता पुरस्कार

कामदा-दुर्गा मिलन फाउण्डेशन पत्रकारिता पुरस्कार हलिउड खबरका सहकर्मी तथा पत्रकार रोशन अधिकारिले आफ्ना आमा-बुबाको नामबाट स्थापना गरेको पुरस्कार रासी हो। यो पुरस्कारमा बार्षिक २०० अमेरिकी डलर नगद र सम्मान पत्रद्वारा सम्मान गरिनेछ। नेपालको राजधानी भन्दा बाहिर रहेर पत्रकारिता गरेका या समाचार पठाएका पत्रकार, संचारकर्मी या संवाददाता मध्ये एक महिला र एक पुरुषलाइ जनही २०० अमेरिकी डलर अथवा त्यसको नेपाली सटही गर्दा हुन आएको रुपैयाँ प्रदान गरिने छ।

यो पुरस्कार पाउनको लागि:

क. पत्रकार या संचारकर्मीले आफ्नो छोटो परिचय, अनुभव, जानकारी समेत हलिउडखबरको इमेलमा डिजिटल प्रोफाइल फोटो सहित इमेल गर्नु पर्नेछ। आफ्नो जानकारी पठाउँदा कि युनिकोड नेपाली या अंग्रेजीमा मात्र पठाउनु पर्नेछ। इमेल एड्रेस वेबसाइटको बटममा Contact मा उपलब्ध दुइ मध्ये एकमा इमेल र अर्कोमा कपि गर्नु पर्नेछ।

ख. पत्रकार या संचारकर्मीले नियमित रुपमा तीनवटा कुनै पनि बिषयमा स्थलगत रुपमा गएर बनाएको समाचार आफ्नो बाइलाइन र मिति, संबन्धित प्रोफाइल फोटो सहित पठाउनु पर्नेछ। सो सामाचार ३/४ मिनेट सम्म पढेर सकिने साइजको छोटो र चुस्त हुनुपर्ने छ।

ग. समाचार कुनै पनि मिडियाको कपीराइट या प्रकासित भएको हुनुहुँदैन। हलिउडखबरमा प्रकासित गरिने सो समाचार अन्यत्र पनि दिन मिल्ने छैन।

घ. तिनै तीन समाचार र इमेलमा आफ्ना बारे बठाइएको बायोग्राफीको आधारमा बोर्ड अफ ट्रष्टीले मत दिनेछ। त्यहि मतको आधारमा पुरस्कार प्रदान गरिनेछ।

ङ. समाचार प्राइमरी हुनु पर्ने छ।

२. हलिउडखबर बिधार्थी पत्रकारिता पुरस्कार

हलिउड खबरले स्थापना गरेको यो पुरस्कार १०० अमेरिकी डलर नगद र सम्मान पत्रद्वारा सम्मान गरिने। तीन जना बिधार्थी पत्रकारहरुलाई जनही १०० अमेरिकिकी डलर (या सो बराबरको नेपाली रुपैयाँ) प्रदान गरिने यो पुरस्कार पाउन केहि थप मापदण्ड पुरा गरेको हुनुपर्ने छ।

डेजिग्नेटेड पुरस्कार भएकोले निवेदक ललितपुर जिल्लामा जन्मिएका र पत्रकारिता अध्ययन गर्दै गरेका बिधार्थीहरुको लागि मात्र प्रदान गरिनेछ। यो ललितपुर जिल्लामा स्थलगत रुपमा गएर रिपोर्टिङ्ग गरेवापत बिधार्थी पत्रकारलाई उत्साह दिन तीन जनालाई बार्षिक रुपमा दिइने जनही १०० अमेरिकिकी डलरको पुरस्कार हो।

यो पुरस्कारको लागि:

क. आफ्नो परिचय र अनुभव समेत हलिउडखाबरको इमेलमा डिजिटल प्रोफाइल फोटो सहित इमेल गर्नु पर्नेछ।

ख. पत्रकारले बिषयगत रुपमा कुनै एक स्थलगत रुपमा गएर बनाएको डिटेल समाचार तीन पटक फरक फरक समयमा पठाउनु पर्नेछ। सो सामाचार या लेखन यथार्थ हुनुपर्ने छ र आवश्यकता परेमा भेरिफाइ गर्न सकिनेछ। समाचारको प्रति अन्त कतै प्रकासित भएको र कपीराइट भएको हुनुहुने छैन।

ग. हलिउडखबरमा सो समाचार प्रकासित गरिने हुनाले यसलाई अन्यत्र प्रदान गर्न मिल्ने छैन।

घ. यो पुरस्कारको लागि ललतिपुर जिल्लामा रहेको पत्रकारहरुको संस्थाहरु मध्ये कुनै एकसँग साझेदारी गरिनेछ। प्राप्त समाचार मध्ये र इमेलमा आफ्नाबारे बताइएको बायोग्राफी सेमतका आधारमा साझेदार संस्थाले छनोट गरेका टप ५ मध्ये बोर्ड अफ ट्रष्टीले मत दिएर अन्तिम ३ जना छनोट गर्नेछ। सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनालाई जनही $१०० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिनेछ।

३. आतंकवाद बिरुद्ध भावना स्मृति पत्रकारिता पुरस्कार

माओवादी आतंक कालमा माओबादीद्वारा बम आक्रमण गरि मारिएकी ललितपुरकी ८ बर्षीय बालिका भावनाको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको हो। यो पुरस्कार १०० अमेरिकी डलर नगद र सम्मान पत्रद्वारा सम्मान गरिने छ।

यो माओवादी आतंकको कालखण्डमा या वर्तमान माओबादी या अन्य यस्तै क्रान्ति र अन्य नाममा लागेका आतंकवदीहरुबाट नेपालमा सताइएका, मच्चाइएको हत्या-आतंकबाट पिडित परिवार र व्यक्तिहरुको रिपोर्टिङ्ग, आर्टिकल या स्टेटमेन्ट लेखे बापत प्रदान गरिने पत्रकारिता/संचार पुरस्कार हो।

यो पुरस्कार पाउनको लागि:

क. पत्रकार, संचारकर्मी या लेखकले आफ्नो छोटो परिचय र अनुभव समेत हलिउडखबरको इमेलमा डिजिटल प्रोफाइल फोटो सहित इमेल गर्नु पर्नेछ। आफ्नो जानकारी पठाउँदा कि युनिकोड नेपाली या अंग्रेजीमा मात्र पठाउनु पर्नेछ। इमेल एड्रेस वेबसाइटको बटममा Contact मा उपलब्ध दुइ मध्ये एकमा इमेल र अर्कोमा कपि गर्नु पर्नेछ।

ख. पत्रकार या लेखकले बिषयगत रुपमा कुनै एक स्थलगत रुपमा गएर बनाएको डिटेल समाचार, आर्टिकल या स्टेटमेन्ट कुनै पनि मान्य हुन् सक्नेछ। सो सामाचार या लेखन यथार्थ हुनुपर्नेछ र आवश्यकता परेमा भेरिफाइ गर्न सकिनेछ। समाचार अन्त कतै प्रकासित भएको भए पुन:प्रकासित गर्ने अधिकार समेत प्रदान गर्नु पर्नेछ।

ग. हलिउडखबरमा सो आर्टिकल या समाचार प्रकासित गरिने हुनाले प्रकाशन अधिकार समेत प्रदान गरेको हुनुपर्ने छ। यस्तो प्रकाशनले लेखक/पत्रकारको जीवन रक्षा र जोखिम पर्ने अवस्था छ या हो भने इमेलमा कुनै फरक नाम (निक नेम) राख्न सुझाव समेत गरेको हुनुपर्नेछ। तर इमेलमा लिगल र निक नेम दुवै उल्लेख हुनुपर्नेछ। यस्तो स्थितिमा व्यक्तिको सुरक्षालाइ ध्यान दिएर लिगल नाम प्रयोग गरिने छैन। त्यो अवस्थामा लेखक/पत्रकारको लिगल नाम अदालतको आदेश भएको अवस्था बाहेक कसैलाई पनि उपलब्ध गराइने छैन।

घ. प्राप्त समाचार या आर्टिकलहरु मध्ये र इमेलमा आफ्नाबारे बताइएको बायोग्राफी सेमतका आधारमा बोर्ड अफ ट्रष्टीले मत दिएर अन्तिम छनोट गर्नेछ। अनि सबैभन्दा बढी अंक प्राप्त गर्ने एक जनालाई सो पुरस्कार प्रदान गरिनेछ। यदि कानुनी नाम नखुलाउने सर्त राखिएको अवस्थामा ट्रष्टीलाइ कानुनी नाम पठाइने छैन, सुरक्षित राखिनेछ।

उपरोक्त सबै पुरस्कारको लागि निवेदन सेप्टेम्बर २५, २०१९ बाट खुल्ला गरिनेछ र अक्टुवर १०, २०१९ मा बन्द गरिनेछ। सो अबधिमा प्राप्त सबै निवेदन र समाचार लिंकबाट प्रकृया अनुसार छनोट गरिनेछ। अन्यत्रबाट प्रकाशित भएका समाचार या प्रयासलाइ मान्यता दिइने छैन।

नीतिमा अर्को परिवर्तन नगरिए सम्म पुरस्कार इभन वर्षमा डिसेम्बरमा र अडबर्षमा अक्टुवर महिनामा नेपालमा नै कार्यक्रम आयोजना गरि प्रदान गरिनेछ। यो वर्ष सो पुरस्कार अक्टुवर २०१९ मा प्रदान गरिनेछ। पुरस्कारको रासी बोर्ड अफ ट्रष्टीको निर्णय अनुसार थप हुन सक्नेछ तर घटी हुने छैन।