-यो २०१९ को बर्ष हलिउडखबरको आइटी टिमले हलिउडखबरको एप बनाएको छ।

हलिउडखबरको Android र IOS App बनेको छ, डाउनलोड गर्नुहोस

Hollywood Khabar July 27,2019 Comments

कृष्ण के सी/अमेरिका/७/२७/१९

यो २०१९ को बर्ष हलिउडखबरको आइटी टिमले हलिउडखबरको एप बनाएको छ। अमेरिकाको क्यालिफोर्निया राज्यमा दर्ता भएर, विश्व चर्चित सिलिकन भ्यालीबाट संचालित हलिउडखबरको इतिहास धेरै लामो त भएको छैन। तर पनि हरेक बर्ष नयाँ र केहि थप कुरा दिने प्रयास गर्दै आएको छ।

हलिउडखबरले आफ्नो वेबसाइटलाइ शशक्त, भरपर्दो र आकर्षक पनि बनाउँदै आएको छ। अर्को अर्थमा क्लिन र नियमित अप्डेटेड गर्ने गरिएको छ। यसका लागि नियमित रुपमा सगुनजीको आइटी कम्पनिको टिम नै छ। नेपाल टिमको नेतृत्व दिने सोनीजीको नियमित समाचार सम्प्रेषणले जीवन्तता दिएको छ।

मलाइ मरिमेटेर अरुसँग प्रतिस्पर्धा गर्नु आवश्यक छैन। नम्बर यतिले अगाडि र दुनियाँ दिवानाको बखान गर्नु भन्दा पनि आफ्नो मौलिकपना र बिकासमा धेरै ध्यान दिने गरेको छु। अडानमा चट्टान जस्तो र समुदायप्रति मैन जस्तो हुने हाम्रो प्रयास जारि छ। दसी र प्रमाण जुटेका खराव गर्ने कसैलाई पनि छोडिएको छैन भने आदरणीय र दिलदारलाइ अञ्जुलीभरीको प्रसंसा पनि गरिएको छ।

मेरो आफ्नै बुझाइ चाहिँ दिग्गज पत्रकार र पत्रकारिताका धरोहर, मुलधार र कुलाधारले भन्दा पनि आफ्नै पनाले बाटो सोझो बनाएको छु। नियम, कानुन, परंपरा र विधि अनुसार मैले पत्रकार कहलाउने मापदण्ड पुरा गरेको छु। तर पनि म आफूलाई एउटा संचारकर्मी मात्र हुँ भन्दा खुशी लाग्छ।

अझै भन्नुपर्दा यो हलिउडखबर मेरो आफ्नो मात्र होइन, नेपाली समुदायको लागि अन्तराष्ट्रिय मिडिया केन्द्रको रुपमा बिस्तारै बिकास हुँदै गरेको छ। नम्बर कम होला तर ९० भन्दा धेरै देशमा यसका पाठकहरु छन्। यो सबैको हुनको लागि हाम्रो टिम, आइटिटीम, पाठक, शुभचिन्तक र सबै जन र सज्जनप्रति सधैं आभारी छु। अझै धेरै बिकास गर्नुछ, निरन्तर प्रयास जारि छ।

यो २०१९ को बर्ष हलिउडखबरको आइटी टिमले हलिउडखबरको एप बनाएको छ। तत्काल एउटा बिज्ञापन बनाएर टेष्ट स्वरुप वेबसाइटको टपमा पोष्ट गरिएको छ। तर Android र IOS (apple) App को एपस्टोरमा गएर hollywoodkhabar टाइप गर्दा रातो कलरको लोगो देखापर्छ। त्यो एप डाउनलोड गर्नुभयो भने हलिउडखबरको सबै कुरा नियमिति रुपमा पाउनु हुनेछ।

सामाजिक संजालबाट भन्दा यसरी सोझै एप साइटमा गएर हेर्दा स्टाण्डर्ड हुन्छ। ब्राउजरमा गएर खोज्नु पर्ने झन्झट नै पर्दैन। चौबिसै घण्टा खाली समयमा यसो एप क्लिक गर्नुहोस र हेर्नुहोस। के थाहा र पढ्ने कुरा ? तपाइलाइ मन पर्ने धेरै कुरा पनि हुन सक्छन। समाचार मात्र होइन धेरै मनोरन्जनाका लागि गीतहरु पनि छन्। इण्टरटेनमेण्ट मेनुबारमा म्यूजिक भिडियो हेर्न सक्नुहुनेछ।

कृपया एप डाउनलोड गर्नुहोस, हेर्नुहोस र अन्तमा सुझाव समेत दिनुहुन हार्दिक अनुरोध गर्दछु।