-Sarika Lama

अस्पताल जाँदा मलाई पाठेघरको क्यानसर भएको थाहा भयो

Hollywood Khabar April 13,2017 Comments

सारिका लामा, अप्रिल १४, २०१७

घर नुवाकोट # ६, हलदेकालिका भए पनि हातमुख जोर्न बाडभ्ञज्याङ-२, थानकोटमा म र मेरो परिवार बसोबास गर्दे थियौ। बिसन्चो हुँदा समेत औषधोउपचार गर्ने पैसा नभएपछि पिडा कम गर्न सिटामोल खाने गर्थे। दुर्भाग्य, दैनिकी ज्यालादारीबाट निर्वाह गर्दै आइरहेको बेला नियतिको मार म माथि नै बज्रन पुग्यो। निरन्तरतको पिडापछि अस्पताल जाँदा मलाई पाठेघरको क्यानसर भएको थाहा भयो।

के भयो? के गरू? सोच्नै सकिन। जिउ धान्न त गारो भएको बेला ओखतिमुलो गर्नु मेरो क्षमता भन्दा बाहिरको कुरा थियो। बाँच्ने आशा शुण्य हुँदैथियो। मेरो सानो उमेरको छोरोलाई सम्झे, मन भक्कानिएर आयो। दैवको लिला, मेरो श्रीमानको मजदुरी गर्ने क्रममा दुर्घटनामा परी दुबै खुट्टा भाँचिए।

मर्छु भन्ने जान्दा जान्दै पनि बाँच्ने रहर त नमर्दो रहेछ। एक दिन सुने, गाउँमा निःशुल्क स्वास्थ्य शिविर आउँदैछ। शिविर संचालन गरेको रहेछ। सामान्य औषधि पनि निःशुल्क दिने रहेछ।आफ्ना सबै पिडा आयोजककी अध्यक्ष सामु राखे। उहॉले चिन्ता नगर्नु हामी सक्दो मदत गर्छौं भन्नुभयो।

मेरो रोगबारे डाक्टरले भनेका अनुसार मलाइ मेरो जीवनको आशा त पटक्कै थिएन। तर पनि मसँग अर्को विकल्प पनि थिएन। मलाई ललिपुरको हरसिद्धीस्थित क्यान्सर अस्पताल लगेर उपचार गर्दा त्यहाँ नहुने भनियो। त्यसपछि बनेपाको क्यान्सर अस्पतालमा रिफर गरिदियो।

तर अचम्म लाग्दो कुरा भयो। भक्तपुरको अस्पतालमा रेडियो थेरापीको साथै औषधी सेवन गर्दा मेरो स्वास्थ्यमा सुधार हुन थाल्यो। अब त मलाई बाँच्छु कता आशा लाग्न थाल्यो। तर पनि क्यान्सर निको हुन्न भनेको सुनेकीले पत्यार भने लागेको थिएन। तर पनि निराशाहरु केहि रुपमा भएपनि आशामा परिणत भए। चार महिनाको उपचारपछि आधा जस्तो रोग ठिक भयो। त्यो निशुल्क स्वास्थ्य सेवाले मेरो लागि नयाँ जिवन जिउने बाटो बनाइदियो।

लक्ष्मी तामाङ (नाम परिवर्तन)