घनश्याम श्रेष्ठ/७/५/२०/
मान्छे, मान्छेको बिचमा
मान्छे बाट नै जताततै, मान्छे हराएको बेला !
के कुरा गर्नु, खै कति, यहाँ अब
बस्ति, बस्ति बाट नै, बस्ति हराएको बेला !!
गाउँ, गाउँ नै, खाली उजाड हुने गरि
गाउँले हरु नै, गाउँ बाट, हराएको बेला !
मानिस, मानिसको भिडले
बनेको शहर बाट नै, शहर हराएको बेला !!
खोज्दा खोज्दै, नसकी भेट्न, पिडामा डुब्दै
एकाएक, देश बाट नै, देश हराएको बेला !
के कुरा, गर्नु खै, यहाँ अब
मान्छे, मान्छे बाट नै, मान्छे हराएको बेला !!
अनुहार, हुँदा हुँदै पनि आफ्नो
नचिने झैँ गरि, अनुहार बाट नै अनुहार हराएको बेला !
के कुरा, गर्नु खै अब, निडरको
जब मान्छे, मान्छे संग नै, मान्छे डराएको बेला !!
त्यसैले
चुपचाप, चुपचाप छन्, सब यहाँ
भूकम्पको धक्का झैँ, गई रहने हरेक, पराकम्पन हरुको बेला !
धेरै आँखामा आँशु छन्, धेरै छन् शोकमा
गाउँ बस्ति बस्ति, मानब सहित पहिरोले, सोत्तर बनाएको बेला !!
शोकाकुल छन् सब, त्रासदीमा छन् जन
अन्योलमा छन् सब, प्रकृति सँग नै प्रकृति रिसाएको बेला !
मौन छन्, सब मौन, चुपचाप सारा
भुकम्प अनि, बाढी पहिरोको त्रासदीमा, होश गुमाएको बेला !!
-Ghanashyam Shrestha
सिफारिस
व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...