-हुण्डी कारोबारमा संलग्न

३६ लाख नगद सहित् हुण्डी कारोबारमा संलग्न एकजना भारतीय नागरिक पक्राउ

Hollywood Khabar November 16,2019 Comments

१ ,मंसिर, काठमाडौं।प्रहरीले ३६ लाख नगद सहित् हुण्डी कारोबारमा संलग्न भएको भन्दै एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले भारतको बेतिया जिल्ला, जोगपट्टी थाना निवासी ५७ वर्षीय सत्यनारायण प्रसादलाई  नेपाली नगद ३६ लाख रुपैयाँ, विभिन्न बैंकका ३६ लाख ५ हजार बराबरको ६ वटा चेक, खाली चेकबुक ६ वटा र मोबाइल सहित् आइतबार कुलेश्वरबाट पक्राउ गरेको हो।अवैध रुपमा भारतीय नोटका साथै हुण्डी कारोबार गर्ने गरेको सूचना पाएपछि प्रसादलाई पक्राउ गरेको कालिमाटीका प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले बताए ।