आइसीइको १५००० अनडकुमेण्टेड इमिग्रेन्टहरु गिरफ्तार गर्ने योजनाको बिरोध

Hollywood Khabar January 18,2018 Comments

कृष्ण के सी/अमेरिका

अमेरिकी अध्यागमन तथा सिमा सुरक्षा (U.S. Immigration and Customs Enforcement- ICE) ले अनडकुमेण्टेड इमिग्रेन्टहरुको स्विप अप्रेशन गरिरहेको छ। हुन त यस्तो खालको अप्रेशन बिगत देखिकै नियमित रुपमा हुने गरेको हो। फेडरल सुरक्षा निकायको सो अप्रेशन गर्ने प्रमुख योजनामा सान फ्रान्सिस्को बे एरियाका प्रहरी बिभागहरुले मन नपराए पनि मेजर अप्रेशनमा सहयोग भने गरेका छन्। सो संबन्धी जनवरी १८, २०१८ सान फ्रान्सिस्को क्रोनिकलले समाचार सम्प्रेषण गरेको छ।

उत्तरी क्यालिफोर्नियाका प्रहरी एजेन्सीहरुले बुधवार, १७ जनवरी, १०१८ मा आफ्ना कुरा राख्दै फेडरल एजेन्सीहरुले इमिग्रेशनको मेजर अप्रेशनमा कुनै कसर नै बाँकी नराखेको र आफ्ना एजेन्सीहरुले सो अभियानमा सहयोग गर्ने पूर्वयोजना नरहेको बताए। क्रोनिकलले अमेरिकी फेडरल इमिग्रेशन अधिकारीहरुले उत्तरी क्यालिफोर्नियामा मेजर स्वीप अप्रेशन गर्ने योजना अन्तरगत १५,००० अनडकुमेण्टेड इमिग्रेन्टहरु गिरफ्तार गर्ने योजना रहेको कुरा समाचारमा बताइएको छ।

तर फेडरल इमिग्रेशन अधिकारीहरु भने राज्य र स्थानिय निकायाहरुले अबलम्बन गरेको Sanctuary Policies ले अप्रेशनमा गर्ने लिमिटेशन र बाधाप्रति दुखी ब्यक्त गरेका छन्। उता हाउसमा डेमोक्र्याटिक लिडर सान फ्रान्सिस्कोकी Nancy Pelosi लगायात थुप्रै डेमोक्र्याटिक लिडरहरुले भने आइसीइको इमिग्रेशन स्वीपप्रति बिरोध गरेका छन्।