तस्बिर साभार गुगल

इद उल फित्र पर्व मनाउने क्रममा कोभिड–१९बाट बच्न स्वास्थ्य सतर्कता अपनाउन सभामुख अग्निप्रसाद सापकोटाको आग्रह

Hollywood Khabar May 23,2020 Comments

१२ जेठ,काठमाडौं।सभामुख अग्निप्रसाद सापकोटाले इद उल फित्र पर्व मनाउने क्रममा कोभिड–१९ बाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको इद उल फित्र (इद) पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश दिने बताउनुभयो ।

नेपालमा मनाइने यस्ता पर्वले हामीबीच एकता र आपसी सद्भाव बढोत्तरी हुने विश्वास व्यक्त गर्दै सभामुख सापकोटाले इद उल फित्र मार्फत यस कठिन घडीमा हामीबीचको भ्रातृत्व, सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछ भन्ने कामनासमेत व्यक्त गर्नुभएको छ।

अध्यक्ष तिमिल्सिनाबाट मानवजातिलाई जोगाउन एकतामा जोड राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले यसै अवसरमा सन्देश दिँदै पर्वले नेपाली जनसमुदायमा आपसी भ्रातृत्व,मित्रता, सामाजिक सद्भाव र एकता कायम गर्ने विश्वास व्यक्त गर्नु भएको छ।उहाँले सरकारको आग्रहलाई पालना गरी दूरी कायम गर्दै पर्व मनाउन सम्पूर्ण मुसलमान समुदायमा आग्रह गर्नुभएको छ।कोरोना भाइरसको महामारीबाट सम्पूर्ण नेपाली जनता तथा विश्व मानव जातिलाई कसरी जोगाउने भन्नेमा हामी सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उहाँले रोगका कारण दिवङ्गतप्रति श्रद्धाञ्जलिका साथ सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । रासस