-Krishna KC

इमिग्रेशन फोरम हलिउडखबरमा पुन:अमेरिकामा म आफैंले सुरु गरेको कार्यक्रम

Hollywood Khabar February 17,2020 Comments

कृष्ण के सी/अमेरिका/२/१८/२०

म आफूले इमिग्रेशन फोरम भनेर अनलाइन र मेरो आफ्नो यूट्यूब अनि केहि अन्य मिडियाहरुमा प्रेषित इमिग्रेशन फोरम लिएर फेरी छिट्टै आउने भएको छु।

विगतको लामो कार्यक्रमबात थुप्रै व्यक्ति, परिवारहरुले पाएको सुविदा र खुशी अहिले सम्म पनि प्राप्त हुँदै नै गरेका छन्। त्यसैलाई निरन्तर दिने केहि थप परिमार्जन सहित हलिउडखबर इमिग्रेशन फोरम संचालन गर्ने भएको छु।

यो पटक पनि नेपाली समुदायलाइ परेका अमेरिकी इमिग्रेशन संबन्धि समस्या, प्रश्न, जिज्ञासा इत्यादि भए इमेल मार्फत पठाउनुहुन् अनुरोध गर्दछु। यस्ता प्रश्न, जिज्ञासा, समस्या इत्यादी पठाउँदा नाम र व्यक्तिको जानकारी आवश्यक पर्ने छैन। केवल प्रश्न र समस्या भए बिस्तृत अवस्था मात्र भए पुग्छ। समस्या आफैले सोध्नुपर्छ भन्ने पनि छैन। अरु कसैले पठाईदिए पनि हुन्छ। इमेल एक्सेस छैन भने सोझै मेरो फोनमा कल गरेर जानकारी दिन सक्नु हुनेछ।

प्राप्त प्रश्नहरुलाई चर्चित इमिग्रेशन बिज्ञबाट प्रदान गरिएको जवाफ यहाँहरु समक्ष प्रस्तुत गरिनेछ। प्रश्न पठाउने इमेल हलिउडखबर डटकमको बटममा रहेको Contact मा दिइएको छ। यो केवल नेपाली र नेपाली समुदाय अनि भुटानी नेपालीहरुको लागि सुरु गरिएको निशुल्क सेवामुखी कार्यक्रम हो। यसमा तपाइले सोध्नु भएको प्रश्न र हामीले प्रदान गरेको जवाफ अनि जानकारीबापत कसैले केहि पनि हलिउडखबरलाइ तिर्नु पर्दैन। यो आफ्नो नेपाली समुदायलाइ आफूले दिने निशुल्क सेवा मात्र हो।