Hollywoodkhabar advertisement

जनसम्पर्क समिति अमेरिकाको संगठन विस्तार र गतिबिधि निरन्तर

-जनसम्पर्क समिति अमेरिकाको संगठन विस्तार र गतिबिधि निरन्तर

जनवरी ३, २०२१ मा नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय कार्यसमितिको बैठकले संगठन बिस्तार र केन्द्रिय समितिमा थप मनोनयन गरेको छ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव सुभाष घिमिरेबाट हलिउडखबरलाइ प्राप्त जानकारी अनुसार बैठकले नवगठित न्यूयोर्क र नर्दन क्यालिफोर्निया च्याप्टरको अनुमोदन गरेको छ। साथै केन्द्रीय कार्यसमितिको सदस्यमा रोमन श्रेष्ठलाई मनोनीत गर्ने गरेको छ। यसका साथै समितिले गैरआवासीय नेपाली संघको सदस्यता वितरण, लिने अभियानलाइ पनि तिब्र बनाउन सपोर्ट गर्ने निर्णय गरेको छ।

त्यसैगरी कार्यसमितिकी महिला विभाग संयोजक गीता दवाडी कॅंडेलद्वारा विभागमा थप गरिएका सदस्यहरू र सल्लाहकारहरूको नियुक्तिलाई अनुमोदन गरेको छ। समितिका केन्द्रीय सदस्य शशीचन्द्र अधिकारीलाई संयोजकले थप चार जना मनोनीत गर्ने गरी आर्थिक समितिको संयोजकको जिम्मेवारी प्रदान गरेको छ। नेपाली काॅंग्रेस रामेछापद्वारा सहयोग माग भए बमोजीम वीपी स्मृति भवन निर्माण गर्न यथासक्य आर्थिक सहयोग गर्ने गरेको छ।

समितिको केन्द्रीय समितिको बैठक उपरान्त देखि हरेक महिनाको अन्तिम आइतबार गर्ने निर्णय समेत गरेको छ।यसका साथै नेपालका प्रधानमन्त्रीद्वारा गरिएको असंवैधानिक संसद विघटनको विरुद्ध नेपाली काॅंग्रेसले गरेको हरेक तहबाट विरोध गर्ने निर्णयलाई पूर्ण समर्थन गर्ने निर्णय गरेको छ।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----