-भारतीयहरुले चीन र नेपाल दुवै देशको झण्डा जलाएको भिडियो सार्वजनिक

भारतीयहरुले चीन र नेपाल दुवै देशको झण्डा जलाएको भिडियो सार्वजनिक

Hollywood Khabar June 18,2020 Comments

हलिउडखबर/६/१९/२०

अर्नव गोस्वामी जस्तै मैमत्ता भएका भारतीयहरुले चीनको मात्र होइन नेपालको पनि झण्डा जलाएको भिडियोहरु सार्वजनिक छन्।

भिडियोमा केहि भारतीयहरुले एउटा ब्यानरमा चीन र नेपालको झण्डालाइ जुत्ताले हानेर जलाएका छन्।यस्ता बिषय धेरै संवेदनशील हुन्छन। भारतीय पक्षले यसलाई सामान्य मानेर सरकारी संरक्ष दिएको छ। थुप्रै गोस्वामीहरु यसमा संलग्न छन्। तर यसको नतिजा भोली भारतीको झण्डा जलाएको भिडियो नआउला भन्न सकिन्न।

कुनै पनि बिषयमा दुइ देशबिच विमति हुन सक्छ। तर यसको मतलब अर्काको देशको झण्डा नै जलाउन मिल्दैन। यदि भारतीय पक्षले यो गति रोकेन र बढायो भने संसारमा भारत नराम्रो संग नांगिने अवस्था छ।

यसै हप्ता भएको इण्डो चाइना झडपमा पनि भारतीय पक्षको नै गल्ति प्रमाणित भएको छ। सिमा सुरक्षाको घेरा तोडेर उलाटा आक्रमणमा उत्रेको भारतीय पक्षले चीनको झण्डा जलायो। अन्तत नेपाली झण्डा पनि जलायो। उसै पनि विगतको पाकिस्थान र अन्य झडपले भारतीय सेना कमजोरमा पर्दछ। कारगिलको इतिहासले त्यसलाई प्रमाणित नै गरेको छ। कारगीलमा गोरखा राइफल नपठाएको भए भारतलेले धुलो चाटेको हो। भारतको लगौटी अरुले जोगाइदिएका छन् यो पाठ भारतले संझनुपर्छ।

नेपाल सरकारले भारतीय राजदूतलाइ बोलाएर यसको जवाफ सोध्नुपर्छ। भारतले यो हर्कत रोक्नुपर्छ अन्त्यथा यस्तो क्लास बढेर गएमा घाटा भातलाई हुन्छ। जल्नु ठूलो या सानो हुँदैन त्यो पिडा नै हुन्छ। यसबारे नेपाल सरकारका परराष्ट्रमन्त्रीले चासो देखाएको कुरा बिबिसीले उल्लेख गरेको छ।